site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले नेताको हुकुममा चल्ने पार्टी होइन : ओली
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताको हुकुममा चल्ने पार्टी नभई नीति र सिद्धान्तको आडमा चल्ने पार्टी भएको जिकिर गरेका छन् । 
बिहीबार पार्टी संसदीय दलको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले सिद्धान्तनिष्ठ पार्टी भएको जिकिर प्रस्तुत गरेका हुन् ।

उनले पछिल्लो समय एमाले विरुद्धका भ्रमहरू चिरिँदै गएको पनि दाबी गरे ।

Agni Group

मधेस समता पार्टीका अध्यक्ष मेघराज नेपालीसहित नेता कार्यकर्तालाई एमाले प्रवेश गराउँदै उनले एमाले विरुद्धका भ्रमहरू मेटिँदै गएको बताए । 

उनले एमाले मधेसविरोधी रहेको हल्ला फिँजाइए पनि एमालेले जति विकास निर्माणका परियोजना मधेसमा अरू पार्टीले नलगेको दोहोर्याए ।

Global Ime bank

हुलाकी राजमार्ग, जनता आवास कार्यक्रमलगायत परियोजना एमालेकै पहलमा भएको उनको दाबी थियो । त्यस्तै उनले वामपन्थीलाई ‘हाउगुजी’ बनाइएको भन्दै राष्ट्रवादी, देशभक्ति, स्वतः वामपन्थी भएको तर्क पेस गरे । उनले माक्र्सवाद नपढी, नबुझी अपव्याख्या भइरहेको समेत बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC