site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली फुटसल टोलीलाई जर्सी पसलको साथ
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीलाई जर्सी पसलले प्रायोजन गरेको छ । एएफसी फुटसल च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीलाई खेल पोसाक बिक्रेता जर्सी पसल प्रालिले प्रायोजन गरेको हो ।

अखिल नेपाल फुटसल एसोसियसन र जर्सी पसलबीच बिहिबार ३ बर्षको लागि प्रायोजन सम्झौता भएको छ । अखिल नेपाल फुटसल संघ एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

Agni Group

सम्झौतापछि जर्सी पसलले नेपाली राष्ट्रिय फुटसल टोलीलाई बार्षिक १० लाख गरी तीन बर्षमा ३० लाख बराबरको खेल सामग्रीहरु दिने छन् । सम्झौतापछि जर्सी पसलले  ट्रेनिङको लागि आवश्यक पर्ने २५ खेलाडीलाई दुई सेट ट्रेनिङ जर्सी, अफिसियलको लागि ५ जनाको लागि जर्सी, खेलको दौरान प्रयोग हुने दुई सेट जर्सी, बुट १४ सेट, मोजा ३२ जोर, पानीको बोतल २० थान, सिन प्याड १४ थान, गोलकिपर पन्जा २ जोर र पोलो टिसर्ट ४० थान खेल सामग्रीहरु उपलब्ध गराउने छन् ।

यस्तै त्यसबाहेक अन्य खेल सामग्री किन्न परेका पसलले २५ प्रतिशत छुटमा दिनु पर्ने छ ।  सम्झौतापछि फुटसल टोलीको जर्सी उत्पादन र बिक्रि वितरण जर्सी पसलले मात्र गर्ने छ । हरेक जर्सीको बिक्रिबाट एन्फालाई ५ प्रतिशत रोयल्टी समेत दिनु पर्ने हुन्छ ।  

Global Ime bank

कार्यक्रममा पहिलो नेपाली राष्ट्रिय फुटसल टोलीको होम एण्ड अवे जर्सी समेत प्रदर्शन गरिएको थियो । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, फुटसल कमिटिका अध्यक्ष रमेश राइमाझी र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले नेपाली टोलीको जर्सी सार्वजनिक गरेका थिए ।

नेपाली राष्ट्रिय फुटसल टोलीले इरानमा भोलिबाट सुरु हुने एएफसी फुटसल च्याम्पियनसिप खेल खेल्दै छ । नेपालले फुत्सलमा पहिलोपटक अन्तर्रा्ष्ट्रिय खेल खेल्न लागेको हो । यस्तै नेपालको यो पहिलो अधिकारिक फुटसल टोलि समेत हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC