site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हङकङसँगको खेलमा शरद नखेल्ने, नेपालको यस्तो छ रणनीति
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको खेलमा नेपालले शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङको मिसन रोड ग्राउण्डमा हुने खेलमा नेपाल ‘गर या मर’को स्थितिमा रहेको छ । 

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । त्यसैले नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ । अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ ।

नेपालले नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा हङकङसँग खेल्न लागेको हो । यसअघि केन्यासँगको खेलमा विरामी परी उपस्थित नभएका कप्तान पारस खड्काको नेतृत्वमा नेपालले हङकङसँग उसैको घरेलु मैदानमा महत्वपूर्ण जितको लागि प्रतिस्पर्धा गर्दैछ ।

Agni Group

कप्तान खड्काले हङकङसँग खेल्न उत्सुक रहेको भन्दै नेपाल जितको खोजीमा हुने बताए । उनले भने, “यो नेपालको लागि एकदमै महत्वपूर्ण शृंखला हो । पछिल्लो महिना हामीले पूर्ण रुपमा दुबै खेलमा जित हात पार्ने तरिकाले तयारी गरेका छौं । सातौं राउण्डको खेल सकिँदासम्म नेपाललाई टप चारमा पुर्याउने लक्ष्य रहेको छ ।”

हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । हङकङका कप्तान बाबर हयातले नेपालसँगको खेल एकदमै महत्वपूर्ण भएको बताएका छन् । उनले भनेका छन्, “अझै शीर्ष चारमा पर्नका लागि ६ राष्ट्र प्रतिस्पर्धामा छन् । हाम्रो लागि नेपालसँगको दुबै खेल महत्वपूर्ण छ र हामी धेरै अंकको साथ जित हात पार्न चाहन्छौं । हाम्रो लागि घरेलु मैदान फाइदाको रुपमा छ ।” 

Global Ime bank

नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं राउण्डमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ । 

जारी च्याम्पियनसिपमा नेपाल पटक पटक अभागी राष्ट्रको रुपमा परिचित हुँदै आएको छ । नेपाल कमजोर राष्ट्र भने होइन । झिनो अन्तरले पराजित हुँदा नेपालको अंक खस्किएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको थियो । त्यस्तै, पपुवा न्युगिनीसँगको दुबै खेलमा जित नजिक पुगेर पहिलो खेल २ विकेटले र अर्को खेल ३ विकेटले हारेको थियो ।

अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।

तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।

शरदको स्थानमा नरेश 

टोलीका मुख्य खेलाडी शरद भेषवाकर नेखेल्ने भएका छन् । मुख्य प्रशिक्षक जगत टमाटाका अनुसार शरदलाई ज्वरो आएका कारण खेल्न नसक्ने बताएका हुन् । त्यसैले उनको ठाउँमा वैकल्पिकमा रहेका नरेश बुढाएरले स्थान पाएका छन् । नेपालमा रहेका नरेश बिहीबार नै हङकङ प्रस्थान गरेका छन् । वैकल्पिकमा उनीसँगै जितेन्द्र मुखिया, मेहबुब आलम र कुशल भुर्तेल रहेका थिए । 

नरेश बुढाएर ओपनर्स ब्याट्सम्यान हुन् । उनी शरदको स्थानमा टिममा परेसँगै ओपनिङमा प्रशिक्षक जगत टमाटाले सागर र ज्ञानेन्द्रलाई नै ओपनिङमा पठाउने छन् कि सागरको ठाउमा नरेशलाई ? चासोको विषय छ । 

शरद तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदानमा उत्रिने गर्थे । शरद विरामी पर्दा नेपाललाई ठूलो घाटा भएको छ । नेपाली टिम नै असन्तुलन भएको छ । शरदले नेपाली टिमलाई जिताउन महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनको अनुपस्थितिमा नेपाली टिमले हङकङसँग कस्तो प्रदर्शन गर्ला ?

नेपालसामु ब्याटिङ खट्किन सक्छ

नेपालको सबल पक्ष भनेको बलिङ हो भने कमजोर ब्याटिङ नै हो । नेपालको सधैं ब्याटिङमा समस्या हुने गरेको छ । यसअघि केन्यासँगको पहिलो खेलमा पनि ब्याटिङकै कारण नेपाल पराजित भएको थियो । कमजोर ब्याटिङ लाइन हुँदा नेपालले ठूलो चनौती दिन सकिरहेको छैन । पछिल्लो खेलहरूमा नेपालका ब्याट्सम्यान खासै चल्न सकेका छैनन् । यद्यपि काठमाडौंमा सम्पन्न नामिवियासँगको खेलमा भने कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।

नेपालका अनुभवी र अग्रपंक्तिका ब्याट्सम्यानमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सागर पुन छन् । युवा ब्याट्सम्यानमा दिपेन्द्रसिंह ऐरी छन् । उनी नेपालको मध्यक्रममा ब्याटिङ लाइन सम्हाल्ने एक खम्बा पनि हुन् । त्यस्तै, अरिफ शेख पनि छन् । यता, सोमपाल कामी, बसन्त रेग्मी, करण केसीले पनि नेपाली ब्याटिङ लाइन फिनिसिङ गर्न सक्छन् ।

युवा बलरले पार लाउलान् ?

हङकङसँगको खेलमा नेपालका दुई नयाँ खेलाडीले डेब्यु गर्दैछन्, सुशिल कँडेल र ललित भण्डारी । दुबै युवा खेलाडी हुन् । सुशान भारी, सुशिल कँडेल र ललित भण्डारीले भेट्रान खेलाडी शक्ति गौचनको स्थान लिने छन् । शक्ति गौचन विरामी भएपछि उनलाई विश्राम दिइएको छ ।

त्यस्तै, नेपाली बलरहरूमा सोमपाल कामी, सन्दिप लामिछाने, करण केसी, बसन्त रेग्मी छन् । कप्तान पारस खड्का र सागर पुन पनि छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC