site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेरो उमेदवारीलाई संकीर्ण आँखाले नहेरिदिनुस् : जमुना
Sarbottam CementSarbottam Cement

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा उमेदवारी घोषणा गरेकी जमुना गुरुङ घलेले आफ्नो उमेरवारीलाई संकीर्ण आँखाले नहेर्न आग्रह गरेकी छिन् । 

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उमेदवारी घोषणा गर्दै उनले भनिन्, “मेरो उमेदवारीलाई संकीर्ण आँखाले नहेरी एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिन आग्रह गर्छु ।”

उनले आफू अष्ट्रेलियाको सक्षम महिला उद्यमी समेत भएको भन्दै भनिन्, “अष्ट्रेलिया जस्तो प्रतिस्पर्धी समाजमा आफूलाई महिला उद्यमीका रूपमा उभ्याउन सफल भएँ । व्यवसाय वा समाज सेवामा म जहिल्यै पनि आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिले पनि त्यही गरिरहेकी छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी जमुनाले उमेदवारी घोषणा गर्दै आफू अध्यक्षका लागि सक्षम रहेको बताइन् । 

एनआरएनको अध्यक्षमा यसअघि वर्तमान उपाध्यक्ष भवन भट्टले उमेदवारी घोषणा गरिसकेका छन् । 

Global Ime bank

जमुनाले उमेदवारी घोषणासभामा नेतृत्व चयन प्रतिस्पर्धा प्रजातान्त्रिक परिपाटीबाट हुने बताउँदै कसैलाई पनि निषेध गर्न नमिल्ने बताइन् । 
अन्तिम समयमा आएर अध्यक्षमा उमेदवारी घोषणा गरेकी उनले भनिन्, “कुनै पनि संस्थामा नेतृत्व चयन भनेको प्रजातान्त्रिक प्रक्रिया हो र मतदाताले दिएको अभिमत नै अन्तिम सत्य हो । यो प्रक्रियामा सबै प्रतिस्पर्धी साथीहरु  स्वस्थ ढंगले प्रस्तुत हुनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।”

उनले गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पूरा गर्न, गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डको रुपमा स्थापित गर्न, मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउन, वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमिकवर्गको हितमा बढी केन्द्रित हुने पनि स्पष्ट पारिन् । 

नेतृत्वमा महिलाले उमेदवारी दिएको भन्दै संकीर्ण सोचले नहेर्न समेत उनले आग्रह गरिन् । 

एनआरएनएले देशभित्र र बाहिर राम्रो शाख स्थापित गर्न सके पनि सम्भावना र अवसरलाई अझै उपयोग गर्न नसकेको स्वीकार उनले गरिन् । उनले संस्थालाई पारदर्शी र नैतिकवान बनाउनुपर्नेमा जोड दिइन् । उनले आफ्नो उमेदवारीको किन भन्नेबारे ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन् । 

जमुना अष्ट्रेलियाकी ११ औं महिला व्यवसायी हुन् । शनिबारदेखि काठमाडौंमा हुने आठौं सम्मेलनले २ वर्षे नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

जमुनाको उमेदवारी किन ? 

१) गैरआवासीय नेपालीहरुको माग र अपेक्षा पूरा गर्न, 
२) गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, 
३) महिला शसक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न
४) गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, 
५) गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवम कूटनीतिक स्तरमा अझ पारदर्शी रुपमा विकास गर्न, 
६) एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमाभित्र सम्पन्न गराउन,
७) संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एन्ड बियोन्ड’ लाई सफल कार्यान्वयन गर्न, 
८) एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कूटनीतिको भूमिका निर्वाह गर्न र नेपाललाई समृृद्धिको बाटोमा इँटा थप्ने काममा प्रोत्साहित गर्न,
९) नेपाल सरकारका विभिन्न निकाय, सरकारी एवं गैरसरकारी संस्थासँग संघले गरेको सम्झौता कार्यान्वयन गर्न, 
१०) वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमीक वर्गको हितमा बढी केन्द्रित हुन 
र 
११) गैरआवासीय नेपाली संघको दिगो विकासलाई सुनिश्चत गर्न ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC