देश

कलंकीबाट १० जुवाडे पक्राउ 

काठमाडौं । प्रहरीले कंलकी क्षेत्रबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारास्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नगद ६३ हजार ७ सय र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ मा डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाएको छ । 
 

तपाईंको मत