site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झापामा ओली र सिटौलाको अवस्था कस्तो छ ? को कति बलियो ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्थानीय प्रतिनिधि चयन गरेको केही महिनामै मतदातालाई अब नयाँ संरचनाअनुसार बनेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना प्रतिनिधि छान्ने दिन नजिकिँदैछ ।

शीर्ष नेताहरुले आफ्नो राजनीतिको आधार क्षेत्र तथा गृहजिल्लाकै मतदाताले बढी माया गर्ने ठान्दै ती क्षेत्रलाई आफ्नो रोजाईमा पार्छन् ।

यसपटक पनि सबै शीर्ष नेताहरुले आफ्नो गृहजिल्लाबाट चुनावी प्रतिष्पर्धाको तयारी गरेका छन् ।

Agni Group

त्यस्तै ठूला नेताहरू उमेदवार बन्ने कारण चुनावको बेला चर्चामा आउने एउटा जिल्ला हो झापा । जहाँबाट एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला, माओवादी १ नम्बर प्रदेश संयोजक गोपाल किराँती तथा राप्रपा महामन्त्री राजेन्द्रप्रसाद लिंदेन लगायतका नेता चुनावी प्रतिष्पर्धाको तयारीमा छन् ।

यहाँका मतदाताले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिटौला पराजित गरिदिएका थिए ।

Global Ime bank

यद्यपी २०७० को चुनावमा ओली सोही क्षेत्रबाट भारी मतअन्तरले विजयी भई संविधान निर्माणपछि प्रधानमन्त्री बन्ने मौका पाए । सिटौला पनि क्षेत्र नं ३ बाट निर्वाचित भई संविधान निमार्णको अभिभारा पुरा गर्न पाए ।

झापाबाट २०७० को निर्वाचनमा एमालेले चार तथा कांग्रेसले तीन क्षेत्र जितेको थियो । अहिले निर्धारित नयाँ संरचनाअनुसार झापामा पाँच क्षेत्र मात्रै कायम गरिएको छ ।

अब संविधानले निर्देशित गरेको नयाँ संरचनाअनुसार प्रदेशसभा र प्रतिनिधिसभाका लागि उपयुक्त नेता छानेर पठाउने बेला आएको छ । यो निर्वाचनमा झापाका मतदाताले कसलाई विजयी गराउलान् त ?

अहिले एमाले, माओवादी र नयाँ शक्तिले बाम–गठबन्धन बनाएर चुनावमा होमिएका छन् भने कांग्रेसले पनि झापामा बलियो पकड भएको राप्रपासँग तालमेल गरेको छ ।

अन्य ठाउँमा बाम गठबन्धनको तुलनामा कमजोर रहेका कांग्रेसलाई झापामा राप्रपाको पनि साथ पाउँदा राहत हुने देखिन्छ ।

आगामी निर्वाचनको परिणाम आँकलनका लागि हामीले हालै सम्पन्न स्थानीय तह निर्वाचनलाई मुख्य आधार बनाएका छौं । त्यसमा पनि उक्त क्षेत्र अन्तर्गत पर्ने तहका वडा अध्यक्षको मतलाई विश्लेषण गरेका छौं । वडा अध्यक्षले प्राप्त गरेको मत सम्बन्धित पार्टीले प्राप्त गरेको मत ठानेका छौं ।   

यसअघिका निर्वाचनको क्षेत्र अहिले परिवर्तन भएका कारणले पनि स्थानीय निर्वाचनभन्दा अगाडिको मतलाई आधार बनाउनु प्रभावकारी देखिँदैन ।

त्यस्तै, हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मतदाताले रोजेको पार्टी र मंसिरमा हुने निर्वाचनमा पनि सोही पार्टीको उमेदवारलाई छान्न सक्ने सम्भाव्यता बढी हुने हाम्रो विश्लेषण छ ।

झापाका १५ स्थानीय तहमध्ये ७ मा एमाले, ५ मा कांग्रेस तथा ३ तहमा राप्रपा विजयी भएको थियो । वडा अध्यक्षले प्राप्त गरेका मतका आधारमा गरिएको विश्लेषण यस्तो छ ।

झापा क्षेत्र नं.१ : वाम गठबन्धन १२ हजार मतले अगाडि

झापा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको वडा नं. ९, १० तथा बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४, ५, ६, ७ पर्दछ ।

यो क्षेत्रबाट कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत उमेदवार सिफारिस गरेको छ भने एमालेले गोपालचन्द्र बुढाथोकीलाई अगाडि सारेको छ । माओवादी केन्द्रले बोधराज दाहाल र प्रकाश भण्डारीलाई अगाडि सारेको छ ।

२०७० को निर्वाचनमा यो क्षेत्रबाट एमालेका रविन कोइरालाले कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।

अहिले क्षेत्र हेरफेर हुँदा यसअन्तर्गत पर्ने स्थानीय तहको निर्वाचनमा एमालेको २५ हजार ३३१ मत छ भने कांग्रेसको २२ हजार २८१ मत प्राप्त गरेको छ । यता एमालेसँग गठबन्धन गरेको माओवादीको ११ हजार ४७७ मत हुँदा राप्रपाको २ हजार ५०५ मत मात्रै छ ।

यसले गर्दा यो क्षेत्रमा बाम गठबन्धनको पक्षमा ३६ हजार ८०८ मत देखिन्छ भने कांग्रेस–राप्रपाको पक्षमा २४ हजार ७८६ मत रहेको छ । यो क्षेत्रबाट बाम गठबन्धनको तर्फबाट एमालेको उमेदवारले टिकट पाउने लगभग पक्का भएको छ । तर कांग्रेस उमेदवार शर्मा उक्त क्षेत्रमा लोकप्रिय नेता भएकाले उनले धेरै मत काट्न सक्ने आँकलन छ ।

झापा क्षेत्र नं २ मा पनि दुई पक्षको अन्तर १० हजार माथि

झापा जिल्लाको क्षेत्र नं २ अन्तर्गत अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, बुद्धशान्ति गाउँपालिकाको वडा नं. १, २, ३ तथा कन्काई नगरपालिकाको वडा नं. ८, ९ रहेका छन् ।

यो क्षेत्रमा कांग्रेसको तर्फबाट उद्धव थापा, सरिता प्रसाईँ, सुधीरकुमार शिवाकोटी र राजेश खड्का सिफारिसमा परेका छन् भने एमालेले पवित्रा निरौलाको नाम सर्वसम्मत सिफारिस गरेको छ । माओवदीले यो क्षेत्रबाट सुरेन्द्रकुमार कार्कीको नाम सिफारिस गरेको छ ।

यो क्षेत्रमा एमालेको २६ हजार ९८५ र माओवादीको ७ हजार ९०० मत छ भने कांग्रेसको पक्षमा २२ हजार ८८२ तथा राप्रपाको पक्षमा ५ हजार ५३२ मत देखिएको छ । जसले गर्दा गठबन्धन कांग्रेस–राप्रपाभन्दा ११ हजार ४७१ मतले अगाडि छ ।

झापा क्षेत्र नं ३ मा कांग्रेस–राप्रपा अगाडि

जिल्लाको क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी गाउँपालिका, हल्दीवारी गाउँपालिका, कचनकवल गाउपालिका, भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र  बिर्तामोड नगरपालिकाको वडा नं.१० पर्दछन् ।

यो क्षेत्रमा स्थानीय तहको मतअनुसार एमालेको २० हजार २९६ मत छ भने कांग्रेसको १८ हजार २६० मतसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रको १० हजार ४४४ मत छ भने राप्रपाको १२ हजार ८८१ मत छ । एकल मतमा एमाले अगाडि भए पनि एमाले–माओवादी एकतर्फ र कांग्रेस–राप्रपा अर्कोतर्फ हुँदा बाम गठबन्धन पछाडि देखिन्छ ।

योे क्षेत्रमा कांग्रेस–राप्रपाको मत ३१ हजार ११४ छ भने एमाले–माओवादीको ३० हजार ७८० मत छ ।

निर्वाचन क्षेत्र हेरफेर भए पनि यो निर्वाचन क्षेत्रमा पुरानो ३ नम्बर क्षेत्र नै समेटेर बनाइएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पकड छ । कम्युनिष्ट गठबन्धन बन्दा समेत यो क्षेत्रमा कांग्रेस–राप्रपालाई हराउन गाह्रो देखिन्छ ।

तर, पार्टीले राप्रपासँग तालमेल गरेको र उक्त क्षेत्रमै राप्रपाको दाबी रहेकाले कांग्रेसलाई पनि अर्को अफ्ठेरो भने कायमै छ ।

कम्युनिष्ट गठबन्धनमा भने एमालेले माओवादीलाई यो क्षेत्र लिन भनेको छ भने माओवादीले यो भन्दा क्षेत्र नं २ र ४ मा रुची देखाएको बताइएको छ ।

झापा क्षेत्र नं ४ः गठबन्धनले कांग्रेसलाई गाह्रो

जिल्लाको क्षेत्र नं ४ अन्तर्गत झापा गाउँपालिका, गौरादह नगरपालिका, वडा नं. ९,  गौरीगंज गाउँपालिका वडा नं. १, २, कन्काई नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका रहेका छन् ।

यो क्षेत्रबाट कांग्रेसले देउमान थेवेको नाम सर्वसम्मत सिफारिस गरेको छ भने एमालेले लालप्रसाद साँवा र माओवादीले दुई जनाको नाम पठाएको छ ।

यो क्षेत्रमा एमालेको १९ हजार ४१८, माओवादीको ७ हजार २८८ मत छ भने कांग्रेसको १७ हजार ३३२ तथा राप्रपाको पक्षमा २ हजार ६२५ मत रहेको छ । यसरी स्थानीय निर्वाचनको आधारमा यहाँ पनि वाम गठबन्धन ६ हजार ७४९ मतले अगाडि छ ।

क्षेत्र नं ५ः अध्यक्ष ओलीलाई सहज

यो जिल्लाको क्षेत्र नं–५ मा गौरीगञ्ज गाउँपालिकाको वडा नं. ३, ४, ५, ६, गौरादह नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८ दमक नगरपालिका र कमल गाउँपालिका रहेका छन् ।

०७० सालको संविधानसभाको निर्वाचनमा अध्यक्ष ओली झापा क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका थिए । उनले १९ हजार २८७ मत ल्याएर नेपाली कांग्रेसका सुरेशकुमार याङ्गनालाई पराजित गरेका थिए । याङ्गनाको ११ हजार ४१ मत आएको थियो । माओवादी केन्द्रका गोपाल किराँतीले ८ हजार ८ सय २ मत ल्याएर चौथो भएका थिए ।

यसअघिको ७ नम्बर क्षेत्र अहिले ५ नम्बर क्षेत्रभित्र पर्दछ । यो क्षेत्रमा एमाले एक्लैको पनि राम्रै पकड देखिएको छ । 

स्थानीय तहको यो मतपरिणामलाई विश्लेषण गर्ने हो भने अध्यक्ष ओलीको सम्भावना बलियो देखिन्छ । यो क्षेत्र भित्र पर्ने वडामा एमालेका वडा अध्यक्ष ल्याएको मत कुल २६ हजार २३२ छ ।

त्यस्तै कांग्रेसले १८ हजार ६०३ मत ल्याएको देखिन्छ । तेस्रो रहेको माओवादी केन्द्रले भने ११ हजार ५८८ मत प्राप्त गरेको छ । चौथो रहेको राप्रपाको ८ हजार ९७० मत छ ।

यो क्षेत्रबाट कांग्रेसले केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस गरेको छ । यता माओवादीले पनि यो क्षेत्रबाट रेवतराज पुरी र राधिका ओझाको नाम सिफारिस गरेको छ । यो एमाले अध्यक्ष ओली उठ्ने क्षेत्र भएकाले गठबन्धन गरेको माओवादी पछि हट्ने देखिन्छ ।

समग्रमा वडा अध्यक्षको भोटले के देखाउँछ भने एमाले एक्लैको ५ वटै क्षेत्रमा सबैभन्दा धेरै भोट छ । एमाले–माओवादी गठबन्धन एकतर्फ र कांग्रेस–राप्रपा गठबन्धन बन्दा क्षेत्र नं ३ मा कांग्रेस र राप्रपाको भोट बढी छ भने अन्य ४ क्षेत्रमा वाम गठबन्धनकै मत बढी छ । तर पछिल्लोपल्ट मतदाता नामावलीमा दर्ता भएका मतदाता पनि निर्णायक हुन सक्नेछन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC