site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी स्टार खेलाडीले गुमाए विश्वकप, कुन–कुन देश छानिए ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना धेरै उतारचढावका बाबजुद अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भयो । दक्षिण अमेरिकी क्षेत्रको छनोटको कठिन मोडमा रहेको जोर्गे साम्पाओलीको टिम अर्जेन्टिनाले छनोटको अन्तिम खेलमा बुधबार इक्वेडरलाई ३–१ ले स्तब्ध बनाउँदै विश्वकप यात्रा तय गरेको थियो ।

अर्जेन्टिनालाई विश्वकपमा पुर्याउन कप्तान मेस्सी नै नायक बने । एक गोलले पछि परेको स्थिति उल्ट्याएर अर्जेन्टिनालाई रुसको यात्रा तय गराउन मेस्सीले ह्याट्रिक गरेका थिए । उक्त जितपछि बार्सिलोनाका स्ट्राइकर मेस्सीको निकै तारिफ भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्णायक खेलमा सनसनीपूर्ण गोलहरु गरेपछि मेस्सीले रुस विश्वकपमा आफ्नो कला देखाउन पाउने भएका छन् । तर, रुसको विश्वकपमा मेस्सीले आफ्नो जादु देखाइरहँदा अन्य केही फुटबल स्टारहरु भने घरमै खेल हेर्न बाध्य हुनेछन् । किनकि विश्वकप छनोटमा ती स्टार खेलाडीको टिम सिधै छनोट हुन असफल भयो । उनीहरुको टिम प्ले अफबाट छनोट हुने सम्भावना समेत सकिएको छ ।  

रुस विश्वकपका लागि हालसम्म २३ टोली छनोट भइसकेका छन् । अब ९ टिम छनोट हुन बाँकी छन् ।  छनोटबाट नेदरल्याण्ड, चिली, वेल्स, अष्ट्रिया, अमेरिका जस्ता राष्ट्रहरु बाहिरिसकेका छन् । उनीहरुका स्टार खेलाडी विश्वकपमा देखिने छैनन् । नेदरल्याण्डका विंगर आर्जेन रोबिनले त सन्यास नै घोषणा गरिसकेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले विश्वकप गुमाउने खेलाडीहरुको प्लेइङ ११ समेत निकालिसकेको छ ।

Global Ime bank

विश्वकप गुमाउने स्टार खेलाडी
गोलकिपर :  जान ओब्लाक (स्लोभेनिया, एथ्लेटिकको मड्रिड)
डिफेन्डर :  एन्टोनियो भ्यालेन्सिया (इक्वेडर, म्यानचेस्टर युनाइटेड), भिर्गील भान डिज्क (नेदरल्याण्ड, साउथह्याम्पटन), ग्रे मेडेल (चिली, बेसिकाट्स), डेभिड अल्बा (अष्ट्रिया वायर्न म्युनिख )
मिडफिल्डर :  क्रिस्टियन पुलिसिक (युएसए, बोरुसिया डर्टमण्ड), आर्जेन रोबिन (नेदरल्याण्ड, वायर्न म्युनिख), नेबी किटा (गिनिया, लेपजिङ)
फरवार्ड : ग्यारेथ बेल (वेल्स, रियल मड्रिड), एलेक्सीस सान्चेज (चिली, आर्सनल) पिएरे एमरिक औवामेएङ (गाबोन, बोरुसिया डर्टमण्ड)

वैकल्पिक खेलाडी
जासपेर सीलेसेन (नेदरल्याण्ड, बार्सिलोना)
डेली ब्लिन्ड (नेदरल्याण्ड, म्यानचेस्टर युनाइटेड)
मिरलेम पजानिक (बोस्निया, युभेन्टस)
मारेक हाम्सिक (स्लोभाकिया, नापोली)
 हेर्नीक मिखीटेरियान (अर्मेनिया. म्यानचेस्टर युनाइटेड )
आरोन रामसे (वेल्स, आर्सनल)
अर्टुरो भिडाल (चिली, वायर्न म्युनिख )
क्रिस्टियन पुलिसिक (युएसए, बोरुसिया डर्टमण्ड)
हाकन (टर्की, एसी मिलान)
 
विश्वकपमा छनोट भएका राष्ट्रहरु
युरोप : आयोजक रुस, बेल्जियम, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, सर्बिया, स्पेन
दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया
एसिया : जापान, दक्षिण कोरिया, इरान, साउदी अरेबिया
अफ्रिका : नाइजेरिया, इजिप्ट 
उत्तर तथा मध्य अमेरिका र क्यारेबियन : मेक्सिको, कोस्टारिका, पानामा

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC