site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाहाल र ओलीसँग चिढिए बाबुराम, अब नयाँ शक्ति कि गठबन्धन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कम्युनिष्ट गठबन्धन बनेको केहीदिनमै बाबुराम भट्टरार्इ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग असन्तुष्ट बनेका छन् ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि क्षेत्र बाँडफाट विषयमा कुरा नमिलेपछि भट्टरार्इले गठबन्धनप्रति असन्तुष्ट जनाएका हुन् ।

यसअघि चुनाव लड्दै आएका भट्टराईकै गृहजिल्लामा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई अघि सारेपछि भट्टराईले गठबन्धनप्रति असन्तुष्टी जनाएका हुन् । 

भट्टराईले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट गठबन्धनमा जोडिनु अघिनै चुनाव लड्ने बताए पनि गोरखा क्षेत्र नम्बर २ नछोड्ने बरु काठमाडौंबाट चुनाव लड्न माओवादी केन्द्रले भट्टराईलाई प्रस्ताव गरेपछि गठबन्धनप्रति नै खटपट बढेको नयाँ शक्तिका एक नेताले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

माओवादीले गोरखा क्षेत्र नम्बर २ नछोड्ने अडान लिएपछि संयोजक भट्टराई बुधबार बालकोटस्थित ओली निवास पुगेका थिए । भेटमा ओलीले, ''माओवादीका केही नेताले भट्टराईलाई गठबन्धनमा ल्याउनै नचाहेको र गठबन्धनमा बाँधिएपछि पनि विभिन्न जालझेलमा हराउन चाहेको'' बताएपछि उनी थप झस्किएका थिए । 

माओवादीले क्षेत्र नम्बर २ नछोड्ने अडान अघि सारेपछि भट्टराईले पनि कुनै हालतमा उक्त क्षेत्र नछोड्ने नयाँ शक्तिकी नेतृ हिसीला यमिले बाह्रखरीसँग बताइन् ।

Global Ime bank

गठबन्धन तोडौं : कार्यकर्ता 

चुनाव चिन्ह र निर्वाचन क्षेत्र बाँडफाटको विषयमा तिक्तता बढेपछि नयाँ शक्तिका नेता तथा कार्यकर्ताले संयोजक भट्टराईलाई वाम गठबन्धनमा सम्मानजनक सहमति नहुने हो भने आफ्नै चुनाव चिन्ह आँखा लिएर लड्न र कुनै पनि हालतमा गोरखा क्षेत्र नम्बर २ नछोड्न आग्रह गरेका छन् । कार्यकर्ताहरुले बाबुरामलाई गठबन्धन तोडेर काँग्रेसलगायतका मधेसी दहहरुसँग चुनावी तालमेल गर्न सुझाव पनि दिएका छन् ।

एमालेको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएपछि धादिङलगायत देशका विभिन्न ठाउँहरुमा उमेदवारी सिफारिस भएका उमेदवारहरु पनि अहिले अलमलमा छन् ।

गठबन्धनमा बाँधिएपछि नयाँ शक्तिले एमालेको चुनाव चिन्ह प्रयोग गर्ने बताएको थियो । नयाँ शक्तिले हालै सम्पन स्थानीय तहको पहिलो चरणमा संघीय समाजवादी फोरमको मशाल र तेस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी संयुक्तको हसिँया चिन्हमा चुनाव लडेको थियो ।
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC