site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चुनावी दौडमा कस्सिएका कलाकार
Sarbottam CementSarbottam Cement

काठमाडौं । बुधबार साँझ मोवाइलमा कुरा गर्दा गायिका तथा नेतृ कोमल वली राजनीतिक कार्यक्रममै थिइन् । राजनीतिक कार्यक्रममा गीतमार्फत आफ्नो पार्टीका लागि भोट मागिरहेको उनी बताइरहेकी थिइन् । 

“गाउँमा युवा छैनन् भन्ने गीत गाउँदैछु, गीत गाएर पार्टीका लागि भोट मागिरहेकी छु,” वलीले भनिन्, “मलाई पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउँछु ।” 

राप्रपा छोडेर नेकपा एमाले प्रवेश गरेकी वलीको नाम दाङबाट तीन ठाउँबाट सिफारिस भएको छ । तीन नम्बर क्षेत्रले प्रत्यक्षबाटै केन्द्रका लागि सिफारिस गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रत्यक्षबाटै चुनाव लड्न चाहेको बताइन् । “मेरो इच्छा प्रत्यक्षबाटै चुनाव लड्ने हो । तर अहिलेको वाम एकताले के हुन्छ भन्ने मात्रै हो । तर तीन ठाउँबाट सिफारिसमा परेकाले कुनै न कुनै ठाउँबाट हुन्छ भन्ने हो,” उनले भनिन्, “म पार्टीले दिएको जिम्मवारी निभाउँछु । जनताको सेवा जसरी भए पनि गर्छु ।”

कलाकारितासँगै राजनीति गर्ने कलाकारको सूची लामै छ । तर सबैले टिकट पाउँदैनन् । कतिलाई पार्टीले उपभोग गरेर छाडिदिन्छ त्योसँगै कतिले पार्टी पनि छाडिदिन्छन् । तर केही कलाकार भने पार्टीले निर्वाचनका लागि लड्न आग्रह गर्दागर्दै पनि पछि हट्छन् । नयाँ शक्तिबाट राजनीति गरिरहेकी करिश्मा मानन्धर पनि त्यस्तै नाम हो । उनलाई पार्टीले निर्वाचन लड्नका लागि आग्रह गरिरहेको छ । तर उनी भने सकेसम्म चुनाव नलड्ने मनस्थितिमा छिन् । “चुनाव लड्नका लागि मानसिक रुपमा तयार हुन मलाई पार्टीले भनिरहेको छ, तर मलाई भने अहिले चुनाव लड्ने मन छैन,” करिष्मा भन्छिन्, “तर पनि पार्टीले तपाईँ लड्नैपर्छ भन्यो भने पछि हट्दिनँ, आफूलाई दिएको जिम्मेवारी पूरा गर्छु ।” 

Global Ime bank

उनी आगामी निर्वाचनमा काठमाडौंबाट चुनावी प्रतिष्पर्धा गर्ने तयारीमा छन् ।  अर्की कलाकार गायिका राधिका हमाल स्थानीय तहको निर्वाचनमा होमिएकी थिइन् । स्थानीय निकायको निर्वाचनमा उपमेयरमा प्रतिष्पर्धा गरेकी उनी कांग्रेसबाट राजनीति गर्दै आएकी छन् । 

“अझै केही वर्ष बाहिर बसेर नै जनताको सेवा गरौं भन्ने लागेको छ,” हमालले भनिन्, “नाम सिफरिसका लागि कुरा भएको छ । मैले अरुलाई नै सहयोग गर्छु यो पटक म निर्वाचन लड्दिन भनेँ । ५ वर्ष बाहिर बसेर नै काम गर्छु ।”

गायक बद्री पंगेनीले भने आफू चुनावी रेसमा नभएको बताए । “मेरो पेशा गायन हो । म गीत गाउँछु,”  पंगेनीले भने, “कुराहरु विभिन्न ठाउँबाट आएको थियो तर मैले इन्ट्रेस्ट देखाइनँ ।”  नायिका रेखा थापा पनि राप्रपाबाट राजनीति गर्छिन् । तर उनी राप्रपा विभाजित भएपछि उनी पार्टीमा निष्क्रिय जस्तै छन् । 

संविधानसभा निर्वाचनमा एमालेबाट चुनाव लड्न दौडधुप गरेका भुवन केसी टिकट नपाएपछि त्यहीबेलादेखि निष्क्रिय छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC