site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किम जोङ–उन हत्याको ‘प्लान’ उत्तर कोरियाद्वारा ‘ह्याक’ !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उत्तर कोरियाका ह्याकरहरुले दक्षिण कोरियाली सेनाको कम्यूटरलाई निसानामा पारेर अहम् डाटा चोरी गरेका छन् । चोरिएका दस्ताबेजहरुमा उत्तर कोरियाली शासक किम जोङ–उनको हत्या षडयन्त्रको पनि योजना रहेको छ । 

दक्षिण कोरियाका एक सांसद री शियोलले उत्तर कोरियाली ह्याकरले रक्षा मन्त्रालयको दस्ताबेज चोरी गरेको बताएका छन् । जसमा उत्तर कोरिया र अमेरीकाको साझा युद्ध नीति र युद्धको अवस्थामा अपनाइने सुरक्षा उपायको योजनाहरुपनि समेटिएका छन् । ती दस्ताबेजमा अमेरीका र दक्षिण कोरियाका सैन्य कमाण्डरसँग जोडिएका महत्वपूर्ण जानकारीसमेत रहेको बताइएको छ । तर दक्षिण कोरियाली सेनाले अहिलेसम्म दस्ताबेज चोरिएको बारे कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन् । चोरी भएको डाटामा दक्षिण कोरियाको विशेष सैन्य दस्तावेज, पावर प्लान्ट र महत्वपूर्ण सैन्य ठेगानाका बारेमा पनि जानकारी समेटिएको थियो । सासंद री ले झण्डै २३५ गेगाबाइट सैन्या डाटा डिफेन्स इन्टीग्रेटेड डाटा सेन्टरबाट चोरी भएको दावी गरेका छन् । यो डाटा गत वर्ष सेप्टेम्बरमा ह्याक गरिएको थियो । यस वर्ष मे महिनामा दक्षिण कोरियाले ठूलो संख्यामा डाटा चोरी भएको र चोरीमा उत्तर कोरियाको हात रहेको बताएको थियो । 

तर उत्तर कोरियाले दक्षिण कोरियाको आरोपको खण्डन गरेको थियो । दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योनहैपले यस वर्ष उत्तर कोरियाका तर्फबाट सरकार वेबसाईट र ठेगानामा साइबर आक्रमण भएको बताएको छ । प्राप्त समाचार अनुसार उत्तर कोरियाले साईबर ह्याकिङका लागि ह्याकरहरु तयार गरेको छ । ती ह्याकरहरुलाई चीन लगायतका देशहरुमा तैनाथ गरिएको छ । तर उत्तर कोरियाले ह्याकरको विषयलाई लिएर दक्षिण कोरियाले अफवाह फैलाएको आरोप लगाएको छ ।
बीबीसीबाट साभार  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC