site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेखाको जीवनका अनुत्तरित प्रश्न
Ghorahi CementGhorahi Cement

काठमाडौं । सन् १९८० जनवरी २२ तारिख । ऋषि कपुर र नीतु सिंहको वैवाहिक समारोह । भारतीय फिल्म इण्डष्ट्रीका ठूल्ठूला हस्तीको उपस्थिति । 

अमिताभ बच्चन पत्नी जया र आमा–बुबासँगै वैवाहिक समारोहमा पुगे । उनी एक कुनामा मनमोहन देसाईसँग उभिएरै कुराकानी गरिरहेका थिए । जया सासु तेजी बच्चनसँग बसेकी थिइन् । त्यही बेला अचानक रेखाको ईन्ट्री भयो । सेतो साडीमा सजिएकी रेखाको निधारमा रातो टीका थियो । तर रेखाको सिउँदोको सिन्दूरले मानिसहरुको ध्यान उनीतिर तान्यो । 
रेखालाई देख्नेबित्तिकै फोटोग्राफरहरु दुलहा ऋषि र दुलही नीतुलाई छाडेर उनीतिरै फर्किए । केही समयपछि रेखा पार्टीबाट बाहिरिइन् । तर उनले कयौं अनुत्तरित प्रश्न छाडेर गइन् । जुन महिनौसम्म मानिसहरुको मनमा रहिरहे । 

एक महिनापछि उनले एक पत्रिकासँगको अन्तर्वार्तामा भनिन्, ‘‘त्यो दिन सिधै म फिल्म सुटिङको पार्टीबाट आएकी थिएँ । मैले लगाएको मंगलसुत्र र सिन्दुर त्यही फिल्ममा मेकअपको एक हिस्सा थियो ।’’ रेखा विवादसँग खेल्न मन पराउँथिन् । उनलाई अरुले के भन्छ भन्ने कुनै चिन्ता हुन्थेन । 

Agni Group

रेखाकी जीवनी 

रेखा–द अनटोल्ड स्टोरी लेख्ने यासेर उस्मानका अनुसार रेखाले १४ वर्षको उमेरमै फिल्मी यात्राको सुरुवात गरेकी हुन् । नैरोबीमा बस्दै आएका प्रोड्युसर कुलजीत पालले रेखालाई पहिलोपल्ट जैमिनी स्टूडियोमा देखेका थिए । उनी तमिल नायिका वाणीश्रीसँग फिल्म साइन गर्न गएका थिए । 

Global Ime bank

वाणीश्रीको मेकअप रुममा देखा परेकी रेखामा कुलजीतलाई केही सम्भावना देखा परे । फिल्मका लागि कुरा अघि बढाउन त्यसै साँझ रेखाकी आमा नायिका पुष्पवल्लीको घर पुगे । 
के तिमी हिन्दी बोल्न सक्छौ ? कुलजीतको प्रश्नमा रेखाले उत्तर दिइन्, ‘‘नाइँ, आउँदैन ।’’ त्यही बेला उनकी आमाले भनिन्, ‘‘मेरी छोरीको स्मरण शक्ति एकदमै राम्रो छ । तपाईं उसलाई कागजमा केही लेखेर दिनुस् । उसले तुरुन्त याद गरेर तपाईकै अगाडि पढ्न सक्छे ।’’ 

कुलजीतले एउटा डायलग हिन्दीमा लेखे । रेखाले त्यसलाई रोमनमा उतारिन् र कुलजीतले चिया पिउन नसक्दै डागलग सुनाउन सुरु गरिन् । ‘‘सतीश... अब ती दिन आइसके, जब तिमी र मबीच एकपनि फूलको माला नहोस् ।’’ 

कुलजीतले त्यही बेला रेखालाई आफ्नो फिल्ममा साइन गरे । त्यो बेला भानुरेखाका नामले चिनिँदै आएकी रेखाको फिल्मी यात्रा ‘अनजाना सफर’ नामक सिनेमाबाट सुरु भयो । 
आफ्नो पहिलो सिनेमामै रेखालाई एक प्रकारको यौन शोषणको शिकार बन्नुपर्यो । निर्देशक राजा नवाथेले उनीमाथि पाँच मिनट लामो चुम्बन दृष्य छायांकन गरेका थिए । 

यासेर भन्छन्, ‘‘पहिले नै शेड्युलमा कुलजीत, राजा र फिल्मका हिरो विश्वजीतले किसिङ्ग सीन दिने योजना बनाए । निर्देशक राजाको एक्सन सुन्ने बित्तिकै विश्वजीतले रेखालाई अंगालो मारेर चुम्बन गर्न लागे । यो सीन पाँच मिनेटसम्म चल्यो । क्यामरा रोलिङ्ग हुँदै गयो । न निर्देश्कले कट् भने न हिरो रोकिए । यसबीचमा सुटिङ्ग हेरिरहेका फिल्म यूनिटका अरु मानिसहरु सिटी सुसेली रहे ।’’ 

रेखाले यो शोषण र अपमानलाई कहिल्यै भुल्न सकिनन् । पछि चर्चित पत्रिका लाइफले भारतीय फिल्ममा चुम्बनमाथि लेखेको समाचारमा विश्वजीत र रेखामाथि छायांकन गरिएको उक्त चुम्बनको तस्विर पनि प्रकाशित भएको थियो । रेखाले फिल्मी यात्रा सुरु गरेको १० वर्षपछि रिलिज भएको उक्त फिल्म नराम्रोसँग फ्लप भयो । 

रेखाको पहिलो हिट फिल्म थियो ‘सावन भादो’ । रेखा विस्तारै बलिवुडमा लोकप्रिय हुँदै गइन् । एक पटक यस्तो समय आयो कि रेखासँग २५ फिल्म थिए । त्यही दौरान उनको भेट विनोद मेहरासँग भयो । रेखा विनोदलाई अत्यन्तै मन पराउँथिन् । रेखाले विनोदसँग विवाह गरिन् तर विनोद मेहराकी आमाले उनलाई स्वीकार गर्न मान्दै मानिनन् । 

यासेर भन्छन्, ‘‘मैले जतिपनि रेखाका नजिकका मान्छेसँग भेटेको छु, ती सबैले भनेका छन्, विनोद मेहरा रेखालाई अत्यधिक माया गर्दथे । रेखा उनलाई विन विन भनेर बोलाउँथिन् । तर विनोद मेहराले आफ्नी आमालाई मनाउन सकेनन् । जव उनीहरु कलकातामा विवाह गरेर सिधै एयरपोर्टबाट घर गए र सासुको खुट्टा छुने बेला विनोद मेहराकी आमा कमला मेहराले रेखालाई धकेलिदिइन् ।’’

उनले रेखालाई घरभित्र प्रवेश गर्न दिइनन् । एक पटक त यतिसम्म भयो कि उनी रेखालाई चप्पल हान्नेसम्म प्रयास गरिन् । विनोद मेहराले आमालाई मनाउने भन्दै रेखालाई केही दिन आफ्नै माइती घरमा बस्न लगाए । तर विनोद मेहराको आमा मनाउने कोसिस सार्थक हुन सकेन र दुईबीचको सम्बन्ध टुट्यो । 

अमिताभ बच्चनसँगको भेटपछि रेखामा एकाएक परिवर्तन आयो । बिन्दास क्रियाकलाप, उन्मुक्त व्यवहार र कुरैकुरामा मुस्कुराउने स्थान एक प्रकारको गाम्भीर्यताले लियो । यासर भन्छन्, ‘‘अमिताभ र रेखाको पहिलो ठूलो फिल्म थियो ‘दो अनजाने’ । त्यति बेलासम्म ‘दिवार’ ‘शोले’ जस्ता फिल्म रिलिज भएर अमिताभ बलिवुडका नवोदित अभिनेताका रुपमा चिनिइसकेका थिए । रेखा अमिताभलाई देख्दै उनीप्रति आशक्त भइसकेकी थिइन् । उनले सिमी ग्रेवालको कार्यक्रम रेनडावूमा दिएको अन्तर्वार्तामा अमिताभका अगाडि उभिनु उनका लागि सहज अवस्था नरहेको स्वीकार गरिन् । अमिताभ समयमै सुटिङ सेटमा पुग्थे भने रेखा ढिलासुस्तीका लागि चिनिएको नाम थियो ।’’ 

अचानक रेखाको अभिनयको ‘रेन्ज’ बढ्यो । उनी ‘घर’, ‘खुबसुरत’ र ‘इजाजत’ जस्ता फिल्म खेल्दै थिइन् । बलिवुडका चर्चित फिल्म निर्देशक गुलजार भन्छन्, ‘‘रेखा हरेक चरित्रलाई एउटा पोशाकसरी पहिरिन सक्थिन् । तपार्इं एकातिर ‘घर’ हेर्नुस, अर्को तिर ‘खुबसुरत’ । दुवै बिल्कुलै भिन्दाभिन्नै फिल्म छन् । ‘खुबसुरत’ हेरिसकेपछि लाग्छ रेखा कुनै युवकको भूमिका निर्वाह गरिरहेकी छिन् ।’’ ‘खुबसुरत’ बाट रेखा राष्ट्रिय पुरस्कार जित्दै १९८१ मा सर्वश्रेष्ठ अभिनेत्रीमा छानिइन् । 

८० को दशकको सुरुवातमा रेखाको करिअर उचाईमा पुगेका बेला यश चोपडाले ‘सिलसिला’ फिल्मका लागि अमिताभ बच्चन, रेखा र जया बच्चनलाई साइन गराएर त्यसबेलाको सबैभन्दा ठूलो ‘कास्टिङ कू’ गरे । 
यासेर भन्छन्, ‘‘त्यस बेला यश चोपडाको ‘काला पत्थर’ फ्लप भएको थियो भने अमिताभका दुई–तीन वटा फिल्महरु चलेका थिएनन् । यश यस्तो फिल्म बनाउन चाहिरहेका थिए जुन दर्शकको मन जित्न सफल होस् । अमिताभ श्रीनगरका ‘कालिया’ को सुटिङ गरिरहेका बेला यशले त्यही पुगेर अमिताभ सामु ‘सिलसिला’ फिल्मको प्रस्ताव राखेका थिए ।’’
‘‘रेखा र अमिताभ त यो सिनेमाका लागि तयार भए र जया बच्चनलाई मनाउने जिम्मा स्वयं यशले लिए । सुरुमा आनाकानी गरेकी जयाले पछि क्लाईमेक्स सुनेर सिनेमा गर्न तयार भइन् । क्लाईमेक्समा अमिताभ आफ्नी प्रेमिका रेखालाई छाडेर सधंैका लागि उनीसँग आउँछन् । सिनेमाको सुटिङ अगावै यशले रेखा र जयासँग सुटिङका दौरान कुनैपनि अप्रिय स्थिति आउन नदिने प्रतिवद्धता जनाउन लगाएका थिए । दुबैले प्रतिवद्धता पनि पूरा गरे ।’’ 

रेखाले सबैभन्दा बढी चर्चा भने ‘उमराव जान’ नामक फिल्मबाट कमाइन् । 

१९९० मा रेखाको भेट दिल्लीका उद्योगपति मुकेश अग्रवालसँग भयो । समय वित्दै गएपछि उनीहरुले विवाह गर्ने फैसला गरे । ‘‘मुकेश धेरै पढेका थिएनन् । उनलाई सिनेमा नगरीका कलाकारलाई घरमा पार्टी दिने सोख थियो । उनी आफ्नो फार्म हाउसमा आउने अतिथिलाई घोडामा सवार भएर गेटसम्म स्वागतका लागि पुग्दथे,’’ यासेरले भने, ‘ चर्चित सोसलाईट बीना रमानीले रेखाको भेट मुकेश अग्रवालसँग गराएकी थिइन् ।

भेट भएको एक महिना नवित्दै मुकेशले रेखालाई विवाहको प्रस्ताव राखे । रेखाले सहमति जनाइन् र जुहूको मुक्तेश्वर देवालयमा विवाह गरे उनीहरुले । लगत्तै उनीहरु हनिमुन मनाउन लण्डन गए । तर एक साताभित्रै उनीहरु एकअर्काका लागि जन्मिएका होइनन् भन्ने सबैले जानिसकेका थिए ।’’ 

यासेर भन्छन्, ‘‘मुकेश डिप्रेसनका बिरामी भएको र दैनिक रुपमा औषधी सेवन गरेको थाहा पाएपछि रेखालाई ठूलै धक्का लाग्यो । एक दिन मुकेशले रेखासँग आफ्नो जीवनमा एक एबी भएको स्वीकार गरे । रेखाको एबीका बारेमा त सबैलाई जानकारी थियो नै । तर मुकेशकी एबी उनकै मनोचिकित्सक थिइन् । त्यसपछि रेखाले मुकेशसँग दूरी बढाउन सुरु गरिन् । ६ महिनापछि उनले सम्बन्ध विच्छेदको कागजात मुकेशलाई पठाइन् । उनले रेखाको यो कदमलाई सहज रुपमा लिन सकेनन् र एक दिन आत्महत्या गरे ।’’ 

आज रेखाले आफूलाई सुचित्रा सेनको रुपमा ढालिसकेकी छिन् । उनी एकल जीवन व्यतित गर्दै आएकी छिन् । उनी राज्यसभाको सदस्य छिन् तर राज्य सभामा उनी कमै मात्रामा उपस्थित हुन्छिन् । जीन्दगीका अनेक आरोह–अवरोहसँग संघर्ष गर्ने क्रममा रेखाले बिना कसैको सहायतामा सम्हालिन सिकेकी छिन् । नजिकका मानिसहरुले रेखालाई अधिकांशले ‘लेट डाउन’ गरेका थिए । सायद इतिहास रेखासँग राम्रो ढंगबाट पेश आउला ।
बीबीसी हिन्दीबाट
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC