साहित्य र कला

‘कहिँ कतै’ को ट्रेलर रिलिज 

काठमाडौं । सविर श्रेष्ठ निर्देशित सिनेमा ‘कहिँ कतै’को ट्रेलर रिलिज भएको छ । रोमान्टिक र फेमिली ड्रामा ‘कहिँ कतै’ मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा लगायतका कलाकार मुख्य भूमिकामा छन् । 

तन्नेरी प्रेमलाई कसरी अभिभावकको विगतले प्रभाव पार्छ भन्ने चित्रण ट्रेलरले गरेको छ । 

रिलिज डेट तय नभइसकेको ‘कहिँ कतै’ नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर हुँदैछ । 

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । 

तपाईंको मत