पुनर्निर्माण
काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर–जमलेश्वर महादेव मन्दिरको निर्माण अब चाँडै सकिने पुरातत्व विभागले जनाएको छ । २०७२ वैशाखमा गएको भूकम्पमा रानीपोखरीस्थित उक्त मन्दिर क्षतिग्रस्त हुन पुगेको थियो । भत्काएरै बनाउनुपर्ने अवस्थाको सो मन्दिरको निर्माण कार्य बल्ल सुरु भएको छ ।
रानीपोखरीको बीचमा रहेको मन्दिर पुरानो र पुरातात्विक सम्पदा भएकोले सोको निर्माण कार्य पुरातत्व विभागको जिम्मा रहेको प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले जानकारी दिए । उनले बालगोपालेश्वर मन्दिरको दोस्रो पेटीको निर्माण कार्य सकिनै लागेको बताए । रानीपोखरीको संरक्षण भने महानगरपालिकाले गर्नेछ ।
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४ १६:३८
प्रतिक्रिया दिनुहोस्