site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुध्द एयरको दुई दशक यात्रा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल र नेपालीलाई हवाईमार्गबाट जोड्ने बुध्द एयरले आज आफ्नो २० वर्षे यात्रा पुरा गरेको छ । हवाई सुरक्षाको जोखिमहरुलाई न्यूनिकरण गर्दै यात्रुहरुलाई आरामदायी हवाई यात्राको अनुभुति गराउने मुख्य लक्ष्यका साथ बुध्द एयरले आफ्नो सेवा थालेको थियो ।
 
बुध्द एयरले आफ्नो प्रथम उडान अमेरिकामा निर्मित नयाँ जहाज बीच १९००‘डी’ बाट पर्वतीय श्रृंखलाको मनोरम यात्राबाट शुभारम्भ गरेको थियो । सो उडान करिब १ घण्टाको थियो । उक्त उडानलाई ‘एभरेष्ट एक्सपेरियन्स उडान’ले चिनिन्छ । अहिलेसम्म देशी/विदेशी गरि लाखौं–लाखले अनुभव लिईसकेका छन् ।
 
मुलुकका सुगम विमानस्थलहरुमा उडान भर्ने बुध्द एयरले ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । यस सफलताका पछाडि यात्रु, सरोकारवाला निकाय/वित्तिय संस्थाहरुका साथै बुध्द एयरमा कार्यरत ८६५ जना कर्मचारीहरु नै भएको एयरले जनाएको छ ।
 
एउटा विमानबाट आफ्नो सेवा शुरु गरेको बुध्द एयरसँग हाल २ वटा बिचक्राफ्ट, ७ वटा एटीआर एयरक्राफ्ट रहेका छन् । अर्को एटीआर जहाज २०१८ जनवरीको दोस्रो साता आइपुग्नेछ भने थप अर्को जुन महिनाभित्र ल्याउने योजना रहेको मार्केटिङ तथा सेल्स निर्देशक रुपेश जोशीले बताए ।
 
विगतका दुई दशकमा आरामदायी तथा जोखिमरहित यात्राका लागि बुध्द एयर कुनै प्रकारको सम्झौता नगरेको जारी विज्ञप्तिमा उल्लेख छ । दक्षिण एसियाकै उत्कृष्ट ह्यांगर तथा यसका जनशक्तिलाई अद्यावधिक तालिमका लागि देशविदेश पठाउने गरेको छ । हवाई सेवालाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय मान्यता अनुरुप उडानका लागि आन्तरिक परीक्षणका साथै विदेशी संस्थाहरुलाई पनि अडिट (OSA/IOSA) का लागि खटाउने गरेको पनि जनाएको छ ।
 
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुध्द एयरले अन्तर्राष्ट्रिय हवाईजहाज उत्पादन गर्ने युरोपिले संस्था एयरवससँग पनि आन्तरिक सल्लाह र तयारी गरिरहेको जनाएको छ । उडानका लागि बुध्द एयरले एयरबसका ३२० फेमिलि सिरिजका जहाज पनि ठम्याईसकेको छ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित समयमै पूरा हुने आश गर्दै सन् २०२१ को अगस्त १ देखि ३ वटा एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्ने हाम्रो योजना रहेको’ बुध्द एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेत बताउँछन् । साथै आगामी १० वर्षमा ३२० सिरिजका २० विमानबाट सेवाहरु विस्तार गर्ने पनि योजना रहेको बस्नेतले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC