site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण शुरु
Sarbottam CementSarbottam Cement

काठमाडौँ, रासस । भूकम्पले क्षतिग्रस्त पशुपतिस्थित महास्नान घरको पुनःनिर्माण शुरु भएको छ । 

क्षतिग्रस्त महास्नान घर पुनःनिर्माण गरी पशुपति संग्रहालय बनाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले तीन करोडको लागतमा महास्नान घर पुनःनिर्माण गर्ने सम्झौता भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महास्नान घर पुनःनिर्माण सम्पन्न भएपछि बैंकले रु दुई करोडको लागतमा पशुपति संग्रहालय निर्माण गर्ने सम्झौता पनि भइसकेको कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाले जानकारी दिए । 
संग्रहालयमा पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पौराणिक दृष्टिले महत्वपूर्ण चीजबीजको संग्रह गरिने छ । 

महास्नान घर पुनःनिर्माणका लागि पशुपतिको पश्चिम मूल ढोका बन्द गरिएको छ । भवन चर्केर जतिबेला पनि ढल्नसक्ने जोखिम देखिएकाले मूल ढोका बन्द गर्नुपरेको सूचना अधिकारी ढुंगानाले बताए । 
महास्नान घरसँगै पशुपतिको शंकराचार्य मन्दिर, कुलानन्द झा सत्तल पनि पुनःनिर्माण शुरु भएको कोषले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC