site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई दिनमा तीन गोली काण्ड, अपराधीको निसानामा व्यवसायी
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंको नयाँबानेश्वरमा गोली हानी हत्या भयो । बाटो ढुकेर बसेका दुई अज्ञात व्यक्तिले पहिला इँटा प्रहारपछि गोली हानेर हत्या गरे । 

प्रहरीले उक्त घटनाको समिति नै गठन गरी अनुसन्धान थालेको छ । गौचन हत्या पछि काठमाडौं उपत्यका मात्र हैन, देशभर नै त्रासको स्थिति पैदा भएको छ । 

Agni Group

गौचन हत्याको घटना सेलाउन नपाउँदै मंगलबार साँझ सर्लाहीमा सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिका स्थित पिडारीबाट पसल बन्द गरेर घर घर फर्कंदै गरेका सुन व्यवसायी कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । 

साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कंदै गरेका बेला बाटो ढुकेर बसेको अज्ञात समूहले साहमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हतियारी धारी समूहसँग साहले केही समय प्रतिकारको प्रयास गरेका थिए । अज्ञात व्यक्तिले गोली प्रहार गरी साथमा भएको नगद तथा सुन चाँदीका गरगहना लुटेर लगेको प्रहरीले जनाएको छ । 

Global Ime bank

त्यसैगरी मंगलबार राति नै सप्तरीको सुरुंगा नगरपालिका स्थित त्रियुगा डिस्टीलरीका सुरक्षा गार्डमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर अज्ञात समूहले डिस्टीलरीको गेटमा सुरक्षार्थ खटेका सुरक्षागार्ड मोरङ सुन्दर हरैचा नगरपालिका–६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उपत्यकालगायत तराईका विभिन्न जिल्लामा आपराधिक गतिविधि बढेको भन्दै प्रहरीले विषेश सुरक्षा परिचालन गरेको छ । प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले भने, “पछिल्लो समयमा केही आपराधिक घटना भएका छन् । ती घटनालाई प्रहरीले गम्भीरताका साथ हेरेको छ । दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउन प्रहरी लागि परेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC