site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई पटक काठमाडौंबाट पराजित योगेशले ताप्लेजुङमा जित्लान् ? यस्तो छ हिसाब
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट उमेदवार बने । दुवै निर्वाचनमा उनी पराजित भए ।

तर, अहिले उनी ताप्लेजुङ जिल्लाबाट चुनाव लड्ने सोच बनाएका छन् । प्रदेश नं. १ को मुख्यमन्त्रीको दाबी गर्दै ताप्लेजुङमा आफ्नो नामावली सारेका भट्टराईलाई पार्टीले प्रतिनिधिसभाका लागि निर्विरोध सिफारिस गरेको छ । 

भट्टराईलाई ताप्लेजुङबाट चुनाव जित्न कत्तिको सजिलो वा अप्ट्यारो छ त ?

Agni Group

बाह्रखरीले हालै सम्पन्न स्थानीय तहको नतिजालाई पहिलो र दुई संविधानसभा निर्वाचनको मतका आधारमा ताप्लेजुङमा आगामी निर्वाचनको विश्लेषण गर्ने प्रयास गरेको छ । 

२४० निर्वाचन क्षेत्र हुँदा ताप्लेजुङमा दुई क्षेत्र थिए । तर, अहिले नयाँ संरचनाअनुसार ताप्लेजुङ एउटै क्षेत्र बनेको छ । जसले गर्दा पनि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभर वडा अध्यक्षहरुले प्राप्त गरेको मतलाई पार्टीको मतको रुपमा केलाउँदा उनीहरुको अवस्था पत्ता लगाउन सहज हुने छ ।
 
बाम गठबन्धन र कांग्रेसको मतअन्तर ७ हजार २३४

Global Ime bank

९ स्थानीय तह रहेको ताप्लेजुङमा ७८ हजार ४११ मतदाता रहेका छन् । गत असार १४ मा सम्पन्न स्थानीय निर्वाचन एमाले र कांग्रेसले प्राप्त गरेको मतअन्तर १ हजार १५७ मात्रै छ । एमालेले जिल्लाभरबाट १९ हजार ५८४ मत प्राप्त गर्दा कांग्रेसले १८ हजार ४२७ ल्याएको छ ।

तर, एमाले–माओवादी गठबन्धन भएकाले र कांग्रेसले गठबन्धन गर्ने तयारी गरिरहेका पार्टीको उपस्थिति कमजोर देखिएका कारण बाम गठबन्धनलाई जित्न सहज हुने देखिएको छ । ताप्लेजुङमा माओवादीको ६ हजार ७७ मत रहेको छ । जसले गर्दा दुई पार्टीको मत जोड्दा २५ हजार ६६१ मत हुन आउँछ भने कांग्रेससँगको अन्तर ७ हजार २३४ हुन्छ ।

ताप्लेजुङबाट २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट एमालेका भूपेन्द्र थेवे ७ हजार ४३४ मत ल्याउँदै विजयी हुँदा कांग्रेस उमेदवार लिला देवी बोखिम लिम्बुले ७ हजार २९५ मत ल्याएकी थिइन् । अर्थात् उनी १३९ मतले पराजित भएकी थिइन् । त्यस्तै माओवादीका सञ्चपाल मादेनले ६ हजार २७९ मत ल्याएका थिए ।

क्षेत्र नं. २ मा पनि एमालेका डम्बरध्वज तुम्बाहाम्फे ७ हजार ३४ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रताप प्रकाश हाङगाम ४ हजार ८७४ तथा माओवादीका टंक आङबोहाङले ४ हजार ५५७ मत ल्याएका थिए । 

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट कांग्रेस उम्मेदवार सूर्यमान गुरुङ विजयी भएका थिए भने क्षेत्र नं. २ बाट एमाले उमेदवार डम्वरध्वज तुम्वाहाम्फे विजयी भएका थिए ।

समग्र नतिजालाई हेर्दा पार्टीहरू एक्ला–एक्लै भिड्दा एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिन्छ । तर, एमाले–माओवादी गठबन्धन हुँदा कांग्रेसभन्दा गठबन्धन केही अगाडि देखिएको छ । 

कांग्रेससँग गठबन्धनको तयारी गरेका दलहरूको यो जिल्लामा कमजोर उपस्थिति छ ।
 

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC