site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
एमाले अध्यक्ष ओलीसहित शीर्ष नेता प्रत्यक्षमै, को कहाँबाट ?
Sarbottam CementSarbottam Cement

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दल उमेदवार चयनमा व्यस्त छन् । नेकपा (एमाले) नेतृत्व र नेपाली कांग्रेस नेतृत्वमा रहेका दुई छुट्टाछुट्टै गठबन्धनको कार्यदल अहिले क्षेत्र बाँडफाँटमा सक्रिय छ । यही क्रममा, कम्युनिस्ट गठबन्धनको नेतृत्व गर्ने एमालेका शीर्ष नेताहरू भने प्रत्यक्षमै चुनाव लड्ने निर्णयमा पुगेका छन् ।

तालमेलको पक्षमा वातावरण बनाउन, वरिष्ठ नेता, पदाधिकारी तथा पोलिटब्युरोका प्रभावशाली नेतालाई प्रत्यक्षमा उमेदवार बनाउने निर्णय एमाले स्थायी समिति बैठकले गरेको आजको कान्तिपुर दैनिकमा बालकृष्ण बस्नेतले लेखेको  समाचारमा उल्लेख छ । एमाले नेता प्रदीप ज्ञवालीसँग कुराकानी गरेर तयार पारिएको समाचारमा शीर्ष नेता प्रत्यक्षमै चुनाव लड्ने निर्णय एमालेले गरेको लेखिएको छ ।

समाचारमा जनाइएअनुसार एमाले अध्यक्ष ओली झापा — ५, झलनाथ खनाल इलाम — १ र माधव नेपाल काठमाडौं — २ बाट निर्वाचन लड्ने पक्का भएको छ । उनीहरू यी क्षेत्रबाट सर्वसम्मत सिफारिसमा पनि परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्ष वामदेव गौतम बर्दिया — १, अष्टलक्ष्मी शाक्य काठमाडौं — ९, युवराज ज्ञवाली दाङ — ३, भीम रावल अछाम — १ बाट चुनाव लड्ने भएका छन् । महासचिव इश्वर पोखरेल काठमाडौंबाट चुनाव लड्ने भएका छन् ।

विष्णु पौडेल, घनश्याम भुषाल,  प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङलगायतका नेता पनि प्रत्यक्षमै उमेदवार हुने समाचारमा जनाइएको छ ।

Global Ime bank

आजको कान्तिपुर दैनिकमा प्रकाशित अर्को समाचारअनुसार कांग्रेसको पनि अहिलेसम्म ६८ जिल्लाबाट सिफारिस केन्द्रमा पठाइसकिएको छ भने अझै ९ जिल्लाले नामावली पठाइसकेका छैनन् । यसरी सूची नआउनेमा प्रदेश २ का ७ जिल्ला, रुकुम र रोल्पा रहेका छन् । तालमेलको प्रयास भइरहेकाले ती जिल्लाबाट ढिलो भएको कांग्रेसले जनाएको छ ।

ढाँटे गृहमन्त्रीले 

नागरिक दैनिकले भने चुनावी समाचारलाई आज खासै महत्त्व दिएको छैन । पहिलो पृष्ठमा निर्माण व्यवसायीको हत्यापछिको परिस्थिति, संसद्बाट पारित भएको स्वास्थ्य बिमासम्बन्धी विधेयक, सर्वोच्च अदालतमा परेका रिटलगायतका विषय समावेश गरेर नागरिक दैनिकले पहिलो पाना भरेको छ ।

नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेको समाचारमा शरदकुमार गौचन हत्यामा संलग्नलाई नसमाते निर्माण कार्य ठप्प पार्ने चेतावनी व्यवसायीहरूले दिएको उल्लेख छ । सोही समाचारको बक्स समाचारमा ‘सुटर पक्राउबारे गृहमन्त्रीले ढाँटे र संसद्मा राजीनामा माग’ भन्ने दुईवटा समाचार प्रकाशित छ ।

गृहमन्त्री शर्माले हत्यालगत्तै ३ जना हतियारसहित पक्राउ परेको बताउँदै चाँडै हत्यारा सार्वजनिक गर्ने बताएका थिए । केपी ढुंगानाले लेखेको समाचारअनुसार गृहमन्त्रीले भनेका ३ जनालाई गौचनको हत्या हुनुअघि नै समातिएको थियो ।

‘वाम गठबन्धनको निष्कर्षः मन्त्रिपरिषद् हेरफेर गर्न मिल्दैन’ आजको हिमालय टाइम्समा श्यामसुन्दर पुडासैनीले लेखेको समाचारको शीर्षक  छ । यो समाचारलाई आजको हिमालय टाइम्सले प्रमुख समाचार बनाएको छ । त्यसैगरी हिमालय टाइम्सले डा. गोविन्द केसीको अनशनको छैटौं दिनको तस्बिर प्रकाशित गरेको छ ।

‘मुख्यमन्त्रीमा ठूलाले चासो दिएनन्’ शीर्षकको प्रमुख समाचार प्रकाशित गर्दै नयाँ पत्रिका दैनिकले भनेको छ – काम देखाउन सक्ने ठूला नेता पनि प्रदेशको मुख्यमन्त्रीभन्दा केन्द्रको सांसद हुन इच्छुक देखिएका छन् ।

नयाँपत्रिका दैनिकले स्रोत साधनको अस्पष्टता, तल्लो तह ठान्ने मानसिकता, अधिकार क्षेत्रबारे अस्पष्टता, शक्तिमुखी प्रवृत्ति, जितको अनिश्चितता, अभ्यास नहुँदा अनाकर्षणलगायतका बुँदा राखेर समाचार तयार पारेको छ ।

नयाँ पत्रिका दैनिकले आज सरकार र डा. केसी पक्षबीचको वार्ता निष्कर्षविहीन शीर्षकमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरे पनि अन्य पत्रपत्रिकाले भने यस समाचारलाई खासै महत्त्व दिएको देखिँदैन । समाचारमा शिक्षामन्त्री गोपालमान श्रेष्ठ समस्या समाधानमा गम्भीर नबन्दा वार्ता उपलब्धिहीन हुन पुगेको उल्लेख छ ।

आजको अन्नपूर्ण पोस्टले पनि पहिलो पृष्ठमा राजनीतिक समाचारलाई बेवास्ता गरेको छ । चुनाव नजिकिँदै गरेको भए पनि अन्य विषयलाई अन्नपूर्ण पोष्टले प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेको छ । संसद् कर्मचारीको खाजा खर्च १२ करोड ! शीर्षकमा नरेन्द्र साउदले लेखेको समाचारमा भनिएको छ – ‘८० प्रतिशत भत्ता खाइरहेका संसद् कर्मचारीलाई दोहोरो सुविधा हुनेगरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फस्र्योट गर्ने प्रयास भैरहेको छ ।’

अन्नपूर्ण पोस्टमै प्रकाशित अर्को समाचारअनुसार नेपाल–चीन सीमानामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन् । गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन् ।

‘एमाले–माओवादी ठहर : सरकार फेरबदल गर्न मिल्दैन’ शीर्षकमा आजको राजधानी दैनिकमा टेनिस रोकाले दुई दलका नेताबीच भएको छलफललाई आधार बनाएर समाचार प्रकाशित गरेका छन् । त्यसैगरी आजको राजधानी दैनिकमा हुम्लाबाट मिमसिँह नेपालीले लेखेको समाचारअनुसार अनुदानको चामल बेच्दै खाद्य संस्थान शीर्षकमा अर्को समाचार प्रकाशित गरिएको छ ।

सम्पादकीय

‘मन्त्री हेराफेरी बेमौसमी बाजा’ शीर्षकमा राजधानी दैनिकले कम्युनिस्ट गठबन्धनको धारणाबमोजिमकै सम्पादकीय लेख्दै भनेको छ – सरकार र दलहरूको अबको प्राथमिकता भनेको आसन्न निर्वाचनलाई कसरी भयरहित र निष्पक्षरूपले सम्पन्न गर्ने भन्ने हो ।’

‘असुरक्षित राजधानी’ शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा प्रकाशित सम्पादकीयमा गौचन हत्या भएको स्थाननजिकै रहेको एक न्यायाधीशको निवासमा पहरा दिइराखेका प्रहरीले समेत घटनाबारे चासो नराखेको उल्लेख गरिएको छ ।

‘सुरक्षा व्यवस्थामा प्रश्न’ शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा ‘यो अवस्थाचाहिँ राजनीतिक नेतृत्वकै मूल्यहीनताको उपज हो । सबै क्षेत्रले आफूलाई सुधार्नु आवश्यक छ,’ भनिएको छ ।

’बढ्दो सुरक्षा चुनौती’ शीर्षक रहेको सम्पादकीयमार्फत हिमालय टाइम्सले भनेको छ – हतियार नियन्त्रणका लागि राज्यले कडाइ गर्नु आवश्यक छ । होइन भने घटनाहरू दोहोरिइरहनेछन् ।’

’सुरक्षा संवेदनशीलता’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ ।
सम्पादकीयमा ‘आपराधिक कृयाकलाप हुन नदिन सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीभित्रका जासुसी संयन्त्र क्रियाशील हुनुपर्ने हो ।’

‘असुरक्षाको विस्तार’ शीर्षकमा आजको कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । गौचनको हत्यापछि निर्माण व्यवसायी महासंघले हत्यारा पत्ता नलागेसम्म देशैभर काम रोक्ने घोषणा गरेपछि मुलुकभर निर्माण कार्य प्रभावित हुने देखिएको सम्पादकीयमा उल्लेख छ ।

गोरखापत्र दैनिकले भने ‘पुनः निर्माणमा सुस्त गति’ शीर्षकमा आज सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC