site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कहाँ व्यस्त छन् आलिया–प्रियंका र आमिर खान ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । भनिन्छ बलिउड कहिल्यै रोकिँदैन । यहाँ हरेक दिन केही न केही भइरहेकै हुन्छ । फिल्म प्रमोशनदेखि विभिन्न कन्ट्रोभर्सीसम्मका विभिन्न किसिमका हल्ला र खबरहरु चलेकै हुन्छन् । यहाँ हामी यस्तै साना–ठूला खबरहरु समेट्ने प्रयास गरिरहेका छौं । 

बलिवुडका बादशाह भनिने शाहरुख खानको कम्पनी रेडचिजिल विवादमा छ । मुम्बई नगर निगमले उनको कार्यालयलाई चौथो तलामा निर्माण गरिएको क्यान्टिन बिहीबार भत्काइदिएको छ । उक्त क्याान्टिन अवैध रुपमा निर्माण गरिएको नगर निगमको आरोप छ । 

आमिर खान हिजोआज आफ्नो फिल्म सीक्रेट सुपरस्टारको प्रमोशनमा व्यस्त छन् । फिल्म प्रमोशनमा विदेशी बजारको पनि विशेष ध्यान दिइएको छ । यो साताको सुरुवातमा उनी सिंगापुरमा थिए । यो फिल्मको कथा एउटा यस्तो गायीकाको हो जो इन्टरनेटमा चर्चित भइदिन्छिन् । 

Agni Group

सुष्मिता सेन व्यवसायिक प्रतिवद्धता पूरा गर्न कुवेत र दुबई भ्रमणमा छिन् । उनको बलिवुड करियरमा लामो समयदेखि फुर्सदमा छ । पछिल्ला छ–सात वर्षमा उनका एक–दुई फिल्म मात्रै रिलिज भएका छन् । 

आलिया भट्टका लागि पछिल्ला दुई वर्षमा बलिवुडमा धेरै परिवर्तन भएको छ । परिवर्तन नै यस्तो तत्व हो जो सदैव उपस्थित रहन्छ भन्ने उनको मान्यता छ । आलिया बारम्बार प्रश्न गर्छिन्, ‘के मानिसहरु मलाई यसै गरी टाउकोमा बसाई राख्छन् ?’ यो कुरा उनी नयाँ दिल्लीमा सम्पन्न आर्थिक सम्मेलनमा करण जौहरका साथ एक छलफल कार्यक्रममा बताउँदै थिइन् । 

Global Ime bank

यस पटक करण फिल्म बारे नभएर अर्थका बारेमा बोलिरहेका थिए । अवसर थियो नयाँ दिल्लीमा ‘वल्र्ड इकोनोमिक फोरम’ बैठकको । करणले भने, ‘‘जसरी बलिवुड फिल्ममा इन्टरवलपछि बढ्ने तिव्र गति जस्तै चालु आर्थिक वर्षको दोस्रो अर्ध वार्षिकमा अर्थ व्यवस्थाले गति लिने छ । अहिलेको अवस्था भारतीय अर्थ व्यवस्थाका लागि इन्टरवल विन्दु भएको उनको भनाई थियो । 

गत महिना चर्चित गायीका आशा भोसले ८४ वर्षकी भइन् । बालिवुडलाई रक–एन–रोलबाट परिचित गराउने श्रेय उनलाई दिइन्छ । यसै साता उनले दिल्लीको म्याडम तुसाद संग्राहलयमा उनले आफ्नै प्रतीमाको अनावरण गरिन् । अनावरणका क्रममा आशाले आफ्नो प्रतीमा एल्भिस प्रिस्ले र माइकल ज्याक्सनकोबीचमा राखिनु पर्ने इच्छा जनाएकी थिइन् । 

चर्चित गायक उदित नारायण झाका छोरा आदित्य नारायणले सानै उमेरमा राम्रो गायकको परिचय बनाइसकेका थिए । अहिले उनी स्थापित गायक, अभिनेता र टेलिभिजन हेस्टका रुपमापनि चिनिन्छन् । पछिल्ला दिन उनी भारतको एक नीजि विमान कम्पनीका कर्मचारीसँगको अभद्र व्यवहारका कारण चर्चामा रहे । विमान कम्पनीका कर्मचारीले आदित्यसँग सामान बढी भएका कारण अतिरिक्त भाडा माग्दा उनी बिबादमा उत्रेका थिए । 

प्रियंका चोपडा यति बेला बलिवुड र हलिवुडमा व्यवसायीक प्रतिवद्धतासँगसँगै कयौं सामाजिक जिम्मेवारीहरु निभाई रहेकी छिन् । यूनिसेफमा कार्यरत प्रियंका अफिसियल कामको सिलसिलामा उनी पछिल्ला केही दिन उनी अमेरीकामा थिइन् । यसै साता प्रयंका भारतको स्किल एण्ड क्याम्पेनसँग आवद्ध हुन लागेको खबर बाहिरिएको थियो । उक्त क्याम्पेनमा प्रियंकासँगै कयौं बलिवुड कलाकारहरुपनि रहने छन् । 

बीबीसी हिन्दीबाट साभार      
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २५, २०७४  ००:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC