साहित्य
मुम्बई । प्राय जोखिमपूर्ण भूमिकामा देखिन् रुचाउने प्रियंका चोपडा बायोपिक चलचित्रमा देखिने भएकी छन् । प्रियंकाले रनिङ च्याम्पियन र ओलम्पिक मेडल विजेता पीटी उषाको जिवनीमा केन्द्रित रहेर निर्माण हुन लागेको फिल्ममा अभिनय गर्न लागेकी हुन् ।
उक्त चलचित्र रेवथी एस बर्माले निर्देशन गर्ने बताइएको छ । सय करोड बजेटमा चलचित्र बन्न लागेको हो । प्रियंकाले यसअघि बक्सर मेरी कोमको जीवनमा आधारित रहेको फिल्म ‘मेरी कोम’ मा काम गरिसकेकी छिन् ।
बायोपिक फिल्ममा अभिनय चूनौतीपूर्ण मानिन्छ ।
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४ १७:३७
प्रतिक्रिया दिनुहोस्