site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हिन्दी चलचित्रको विकल्प खोज्दै नेपाली दर्शक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पत्रकारले बक्स अफिसको समाचार लेख्दा मुस्किलले वर्षमा एउटा/दुईटा चलचित्र ‘करोड क्लब’ मा भन्ने समाचार लेख्छन् । तर, सीमाना जोडिएको बलिउडका पत्रकार भने ‘सय करोड क्लब’ (अर्ब) मा चलचित्र प्रवेश गरेको समाचार बाक्लै लेख्छन् । 

दसैंको छेको पारेर रिलिज भएको ‘ब्रान्ड नेम’ चलचित्र ‘छक्का पञ्जा’ ले नेपालमा ओझेलमा पारेको भनिएको हिन्दी चलचित्र ‘जुडुवा–२’ ६ दिनमै सय करोडमा प्रवेश गर्‍यो । त्यही दिन रिलिज भएको ‘छक्का पञ्जा–२’ ले पहिलो दिनमा १ करोड ५३ लाख रुपैयाँ ग्रस कलेक्सन गर्‍यो । सोही दिन ‘जुडुवा–२’ ले १६.१० करोड भारतीय रुपैयाँ कलेक्सन गर्‍यो । 

‘छक्का पञ्जा–२’ ले दोस्रो दिन १ करोड ३० लाख ग्रस कलेक्सन गर्‍यो भने ‘जुडुवा–२’ ले २०.५५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको भारतीय सञ्चार माध्यमहरुले ‘बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतमा डेढ अर्ब जनसंख्याको आवादी छ । नेपालमा तीन करोड जनसंख्या छ । भारतीमा सिनेमा संस्कृति छ । नेपालमा कुल जनसंख्याको एक प्रतिशतले पनि चलचित्र हेर्दैनन् ।

नेपालमा काठमाडौं उपत्यका औषतमा ७५ चलचित्र बजारको हिस्सा हो । भारतमा अधिकांश क्षेत्रमा चलचित्र हेरिन्छ । दक्षिण भारतमा झण्डै ९० प्रतिशत जनसंख्याले चलचित्र हेर्छन् । स्टारकास्ट भएका चलचित्र रिलिज हुँला स्थानीय सरकारले सार्वजनिक बिदासमेत घोषणा गर्छ । 

Global Ime bank

यो यथार्थले चलचित्रको बक्स अफिसमा ठूलो प्रभाव पार्दै आएको छ । 

नेपाली चलचित्र मुस्किलले ‘सय करोड क्लब’ मा प्रवेश गरिरहेका बेला भारतीय चलचित्रले अर्ब माथिको ब्यापार गरिसकेका हुन्छन् । त्यहाँको सरकारी पोलिसी, जनसंख्या, लगानी र भाषाले व्यापारका प्रभावपारिरहेको छ । 

‘जुडुवा–२’ भारतीय भूमीमा मात्रै दैनिक ३५०० स्क्रिनिङ्ग भइरहको छ भने नेपालमा ‘छक्का पञ्जा–२’ मुस्किलले १ सय वटा हलमा प्रदर्शन भएको छ । 

अर्बको छेउमा पुगेर गरिएको लगानी र नेपालमा ६०÷७० लाखमा चलचित्र निर्माण भइरहेको यथार्थलाई भुल्नु हुँदैन । हिन्दी चलचित्रको एउटा गीत छायांकनको बजेटले नेपालमा सिङ्गो चलचित्र निर्माण भइरहेको कटु सत्यलाई नजरअन्दाज गर्न मिल्दैन । 

नेपालमा मुस्किलले चलचित्र ‘करोड क्लब’ मा प्रवेश गरिरहेका बेला यही बजारबाट भारतीय चलचित्रहरुले १० औं करोड नेपाली रुपैयाँ भारत लगिरहेका छन् । ‘बाहुबली’ ‘दङ्गल’ लगायतका चलचित्रले नेपालबाट १० औं करोड रुपैयाँ भारत लगेपछि नेपालका केही चलचित्रकर्मीहरु भारतीय चलचित्रलाई नेपाली चलचित्र रिलिजको मितिमा प्रदर्शन गर्न नहुने व्यवस्थाको माग गर्न थालेका छन् । 

तर, राम्रो चलचित्र बने चल्छ भन्ने मानक भने ‘छक्का पञ्जा–२’ ले स्थापित गरिदिएको छ । भलै यो चलचित्रले राम्रो समीक्षा बटुल्न सकेको छैन । कथामा त्रुटी रहेको भन्दै त्यसविरुद्ध कुराहरु उठिरहेका छन् । यद्यपी ‘ब्रान्ड’ का कारण यसलेछैटौं दिनमै ‘एक करोड क्लब’ मा प्रवेश गर्ने चलचित्र ‘जुडुवा–२’ लाई ओझेलमा पारिदियो । ५० को दशकमा जस्तै हलहरुमा नेपाली चलचित्रका लागि दर्शकको लामो लाइन देखियो । दैनिक एउटै हलबाट सयौं दर्शक फर्किए । हलमा बृद्धबृद्धादेखि अंग्रेजी चलचित्र हेर्ने ‘प्ल्स टु जेनेरेशन’ सम्म हलमा देखिए । 

यो नेपाली चलचित्रका लागि सकारात्मक पक्ष हो भने सरकारले चलचित्र क्षेत्रलाई केही नगरेका कारण नेपाली चलचित्रले फड्को मार्न सकेन र सँधै घाटामा गयो भन्नेहरुका लागि गतिलो जवाफ हो ।  

नेपालमा बर्सेनी एक सयभन्दा धेरै चलचित्र बन्छन् ।  मुस्किलले १० वटाले लगानी सुरक्षित गर्छन् । तर, यो वर्ष चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । दीपेन्द्र के खनालको ‘धनपती’ बाट सुरु भएको चलचित्रको सकारात्मक बजारले अहिलेसम्म राम्रो ‘पिकअप’ लिइरहेको छ । त्यस यता ‘म यस्तो गीत गाउँछु’, ‘प्रेम गीत–२’, ‘ए मेरो हजुर–२’ ले पनि राम्रो प्यापार गरे । यसको अर्थ राम्रो चलचित्र बने नेपाली हिन्दी चलचित्रको विकल्प दर्शकले आफैैं खोज्छन् र त्यो नेपाली चलचित्र हुन्छ भन्ने हो । 

“हामीले चलचित्र राम्रो भएन भनेर गुनासो गर्नु भन्दा पनि राम्रो चलचित्र चल्छ भनेर बुझ्नु पर्छ,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “यो वर्ष लगातार चलचित्र चलिरहेका छन् । अझै केही आशा लाग्दा चलचित्र रिलिज हुन बाँकी नै छन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC