site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरीलाई पूर्वसूचना हुँदाहुँदै मारिए गौचन ! घटनालगत्तै फोन
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं झन् झन् असुरक्षित भइरहेको छ भन्ने पछिल्ला केही घटनाले स्पष्ट पार्छ । सोमबारमात्रै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई दिउँसै गोली हानी हत्या गरिएको छ । यही घटनालाई आज प्रकाशित सबैजसो पत्रिकाले मुख्य समाचार बनाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकको शीर्षकले सबैको ध्यान तान्न सक्छ । ‘प्रहरीलाई पूर्वसूचना थियो तैपनि राजधानीमा व्यवसायी मारिए’ शीर्षकमा नवराज मैनालीले खबर लेखेका छन् । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् ।

माघमा पक्राउ परेलगत्तै उनीहरूले प्रहरीलाई सूचना दिएका थिए – मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्तैछ ।’ समाचारमा जनाइएअनुसार पुनका सहयोगीले दिएको सूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । सो समूहमाथि नौ महिनासम्म सार्थक हस्तक्षेप हुन नसक्दा सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या भयो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सो समूहका लोप्साङ तामाङले फोन गरी घटनाको जिम्मेवारी लिइसकेका छन् ।

Agni Group

नागरिक दैनिकमा पनि यो समाचारलाई मुख्य समाचार बनाइएको छ । ‘निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या’ शीर्षकमा केपी ढुंगानाले लेखेको समाचारमा हत्याको करिब आधाघन्टामा प्रहरीले मनमैजुमा पेस्तोल र ३ राउन्ड गोलीसहित काभ्रेका छिरिङ तामाङ, दिलिप लामा र सञ्जय तामाङलाई पक्राउ गरेको छ । तर, उनीहरु गौचन हत्याका सुटर हुन् या हैनन्, प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

‘ढुकेर गोली प्रहार’ कान्तिपुर दैनिकले पनि यही समाचारलाई मुख्य समाचार बनाएको छ । जनकराज सापकोटाले लेखेको समाचारमा घटनास्थलको नक्सा, गोली प्रहार गरिएको गाडी (गौचन चढेको) र आफन्त रोइरहेको तस्बिरसहित कान्तिपुरले यो समाचारलाई पहिलो पृष्ठमै बक्स समाचार बनाएको छ ।

Global Ime bank

‘राजधानीमा दिनदहाडै व्यवसायीको हत्या’ शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा लोकेन्द्र प्रसाईँ, सुवास गोतामे  र दीपा दाहालले संयुक्तरूपमा लेखेको समाचारलाई मुख्य समाचार बनाइएको छ । समाचारमा गौचन १ वर्षदेखि नै सुरक्षा थ्रेटमा रहेको र उनको हत्या गर्न ‘सार्प सुटर’ नै प्रयोग भएको आशंका गरिएको छ ।

आजको राजधानी दैनिकले पनि ‘निर्माण व्यवसायी महासंघको अध्यक्ष गौचनको हत्या’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले भने यो समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरे पनि अन्य पत्रपत्रिकाले जस्तो महत्त्व भने दिएको पाइँदैन ।
 
अन्य समाचार

पहिलो चरणको चुनाव सार्न सरकारको प्रस्ताव, विपक्षीको चेतावनी

सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकैचरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

शुरोजंग पाण्डेले लेखेको समाचारअनुसार निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए ।

गठबन्धनले उमेदवार चयनका लागि समयको दबाब परेका कारण एउटै चरणमा चुनाव गर्ने प्रस्ताव सरकारले गरेको हो ।

त्यसैगरी आजको नागरिक दैनिकमा प्रकाश तिमल्सिनाले लेखेको समाचारको ‘प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका’ शीर्षक राखिएको छ ।

सोमबार सिंहदरबारमा बसेको शीर्ष बैकठपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमले दिएको धारणाका आधारमा समाचार तयार पारिएको छ ।

सरकारलाई राप्रपाको साथ
 

आजको कान्तिपुर दैनिकले ‘सरकारलाई राप्रपाको साथ’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । सरकारका पक्षमा ३०० सांसद अहिले पनि कायम रहेको समाचारमा उल्लेख गरिएको छ । कुलचन्द्र न्यौपानेले लेखेको समाचारअनुसार माओवादी केन्द्रविना नै सरकार पुनर्गठन गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

कांग्रेसको ‘चीन चिन्ता’
 

आजको अन्नपूर्ण पोष्ट दैनिकले ‘कांग्रेसको ‘चीन चिन्ता’ शीर्षकमा नवीन झाले लेखेको समाचारअनुसार कांग्रेस नेताहरु चीनले नै वाम एकता गराइदिएको निष्कर्ष निकालेका छन् ।
यसबारेमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चिनियाँ राजदुतसँग किन चीनले वाम एकतामा भूमिका खेलेको ? भनेर प्रश्न गरेको पनि उल्लेख छ ।
 
सम्पादकीय
 

‘ईपीजीबाट आशा’ शीर्षकमा आजको अन्नपूर्ण पोष्टले सम्पादकीय लेख्दै भनेको छ – प्रबुद्ध समूहले अन्तर्राष्ट्रिय राजनीतिका मान्यतालाई ध्यानमा राख्दै दुवै देशबीचको विशिष्ट सम्बन्धनलाई मनन गर्नुपर्छ ।’

आजको नयाँ पत्रिका दैनिकले ‘आचारसंहिता र सरकार’ शीर्षकमा सम्पादकीय लेख्दै भनेको छ – आचारसंहिताले सरकारलाई बाँधेको हुन्छ । तर, सरकार नै जब आचारसंहिता उल्लंघनमा लाग्छ अनि निर्वाचनको निष्पक्षता र छनोटको स्वतन्त्रतामाथि प्रश्न उठ्छ ।’

‘ईपीजीको औचित्य’ शीर्षकमा कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीयमा भनिएको छ – नेपालले सधैँ उठाउँदै आएको सन् १९५० को सन्धि परिमार्जन या त्यसका विवादास्पद बुँदाहरूको खारेजी नै मुख्य  हो । मुख्यतः उक्त सन्धिको धारा २, ५, ६ र ७ मा परिमार्जन नेपालको चाहना हो ।’

‘भूमाफियादेखि सावधान !’ शीर्षकमा नागरिक दैनिकले सम्पादकीय लेख्दै भनेको छ – पर्यटकीय स्थल भेडेटारनजिक धरानको दृश्यावलोकन गर्न मिल्ने उचाइमा रहेको जग्गा दलालले प्रतिकट्ठा ३५ लाख रुपैयाँसम्म बेच्दै आएका छन् ।’

‘बढ्दो आन्तरिक पर्यटन’ शीर्षकमा गोरखापत्र दैनिकले सम्पादकीय लेखेको छ भने राजधानी दैनिकले ‘हत्यारालाई कारवाही होस्’ शीर्षकमा सम्पादकीय लेखेको छ ।
सम्पादकीयमा भनिएको छ – गौचन हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ ।’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC