site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किम जोङ–उन किन भाईभन्दा बढी बहिनीलाई विश्वास गर्छन् ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तर कोरियाका शासक किम–जोङ उनले बहीनी किम यो–जोङलाई पार्टीको ठूलै जिम्मेवारी सुम्पेका छन् । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी एसीएनका अनुसार किम जोङ–उनले शनिबार पार्टीका बरिष्ठ नेताहरुसँग एक बैठक गरेका थिए । बैठकमा किमकी कान्छी बहिनी किम यो–जोङलाई पार्टीको वैकल्पिक पोलिटव्यूरो सदस्य बनाइएको थियो । पोलिटव्यूरो कै माध्यमबाट किम जोङ–उन आफ्नो निर्णायक फैसला लिँदै आएका छन् । 

केही समय अघि उत्तर कोरियाको परमाणु कार्यक्रम विस्तारका कारण संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उसमाथि कयौं आर्थिक प्रतिवन्ध लगाएको थियो । अन्तराष्ट्रिय समुदायबाट अलग्गै रहेको उत्तर कोरियाको सत्ता सन् १९४८ देखि किम परिवारको हातमा रहँदै आएको बीबीसीले जनाएको छ । किम जोङ–उनका पिता किम जोङ–इलका पाँच श्रीमति थिइन् । उनका सात सन्तान थिए । 

आखिर किम यो–जोङ को हुन ? उनप्रति किन धेरै विश्वस्त भएर किम जोङ–उनले महत्वपूर्ण जिम्मेवारी दिए भन्ने प्रश्नले कौतहुलता जगाएको छ । किम यो–जोङ अधिकांश समय दाई किम जोङ उनका साथ विभिन्न भ्रमणमा देखिदै आएकी छिन् । उनी पार्टीको प्रचार अभियानमा प्रमुखताका साथ सहभागि हुँदै आएकी छिन् । सकम जोङ–उन र किम यो–जोङ एउटै माता पिताका सन्तान हुन् । उनका पिता किम जोङ–इल र माता किम–जोङ इलकी तेस्रो पत्नी योंङ–हुई हुन् । जो कुनै बेला नृत्यांगना थिइन् । 

Agni Group

तीन भाई–बहिनीमा यो–जोङ सबैभन्दा कान्छी हुन् । किम जोङ–चोम नाम गरेका उनीभन्दा जेठा एक दाई छन् । यो–जोङको जन्म २६ सेप्टेम्बर १९८७ मा भएको थियो ।

उनलाई चार वर्ष जेठा दाई किम जोङ–उनसँगै अत्यन्तै करिबी मानिन्छ । किम यो–जोङले सन १९९६ देखि सन् २००० सम्म बर्न, स्वीट्जरल्याण्डमा अध्ययन गरेकी थिइन् । त्यस समय किम जोङ–उनपनि त्यहीं पढी रहेका थिए । यो–जोङले पार्टीका सचिव चोय योङ–हेका छोरासँग बिबाह गरेकी छिन् । 

Global Ime bank

पार्टीमा पोलिटव्यूरो सदस्य बनेपछि यो–जोङको जिम्मेवारीपनि बढ्ने बताइएको छ । अहिलेसम्म उनीमाथि दाई किम जोङ–उनको छवि सुधार्ने जिम्मेवारी थियो । उनले २०१४ बाट पार्टीको प्रचार विभागमा प्रमुखको भूमिकामा थिइन् । उनी किम जोङ–उनको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गर्दै आएकी छिन् । यो–जोङ किमको यात्रा र त्यसमा प्रयोग हुने सामाग्रीसम्मको ध्यान स्वयम् आफै राख्दै आएकी छिन् । 

२०१२ मा पिताको अन्तिम संस्कारका बेला पहिलो पटक जनता सामु देखिएकी यो–जोङ त्यसपछि २०१४ मा आफ्ना दाईले सत्ता सम्हालेपछि सार्वजनिक रुपमा देखिएकी थिइन् ।  अक्टोबर २०१५ मा किम जोङ–उनले बहिनीलाई जिम्मेवारी सहि ढंगले बहन नगरेको भन्दै पदच्यूत गरेकोसम्मको खबर बाहिर आएको थियो । 

मृदुभाषी यो–जोङले उत्तर कोरियाली नागरिकसँग प्रेमपूर्वक भेटघाट गर्ने गरेको बताईन्छ । यो–जोङले दाईसँग मिलेर आफुले पाएको ठूलो जिम्मेवारी कसरी निर्वाह गर्छिन् र यसको असर विश्व समुदायमा कस्तो पर्छ भन्ने बारे हेर्न बाँकी छ । 

बीबीसी हिन्दीबाट 
  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC