site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कोरियोग्राफी भल्गर हुन थाल्यो’ 
Ghorahi CementGhorahi Cement

राजेश रामा कोरियोग्राफर हुन् । एक देशकभन्दा लामो समयदेखि कोरियाग्राफी सुरु गरेका उनी र्‍याम्प  कोरियोग्राफीमा रमाउँछन् । गीतमा भन्दा र्‍याम्पमा कोरियोग्राफी गर्न रुचाउने राजेश ब्युटी एन्ड ब्रेन र्‍याम्पमा हुने भएकाले यसलाई रोजेको बताउँछन् । राजेशसँग कोरियाग्राफीका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः 

सबैले बुझ्ने शब्दमा कोरियोग्राफी भनेको के हो ?
कोरियोग्राफी भनेको स्टेजमा हिड्दा कसरी  हिडिन्छ, बोल्दा कसरी बोल्ने भन्ने कला र त्यसको प्रस्तुती नै कोरियोग्राफी हो । कोरियोग्राफी दुई प्रकारको हुन्छ । एउटा स्टेजमा हिड्ने हुन्छ भने अर्को भिजयोल ।  

कोरियोग्राफी कत्तिको सजिलो पेशा हो ?
हेर्दा सजिलो जस्तो लाग्छ तर देखे जस्तो सजिलो हुँदैन । यसमा सबै पक्षलाई समेट्नु पर्छ । सानो सानो कुरामा ध्यान दिनु पर्ने भएकाले सजिलो छ जस्तो मैले अनुभव गरेको छैन । 

Agni Group

पहिला र अहिलेको कोरियोग्राफीमा के फरक छ ?
पहिलाको र अहिलेको एउटै हो । तर बिधा अनुसार भने फरक पर्छ । स्टेज र चलचित्र वा भिडियो केको कोरियोग्राफी गर्ने हो त्यसले अर्थ राख्छ । पहिला लोकेशन मात्रै कोरियोग्राफी हो भन्ने बुझाई थियो तर त्यो होइन । अहिले लोकेशन सँगै अन्य पक्षमा पनि कोरियोग्राफी हुन्छ भन्ने धारणाको विकास भएको छ ।

नेपाली कोरियोग्राफर लोकेशनमा मात्रै कोरियोग्राफी गर्छन् भन्ने सत्यहो त्यसो भए ? 
कुरा यस्तो हो । कोरियोग्राफहरु अहिले च्याउ उम्रिए जस्तै उम्रिराखेका छन् । जसले गर्दा क्वालिटी राम्रो भएन । तर सामान्यिकरण गर्नु हुँदैन । राम्रा कोरियोग्राफर पनि हुनुहुन्छ जसले व्यवासायिक रुपमा निकै राम्रो कोरियोग्राफी गर्नु हुन्छ । 

Global Ime bank

पहिलाको कोरियोग्राफीमा चाँहि गीतले के मागेको छ त्यसको थिम मात्रै आउँथ्यो भने अहिले कलाकार वा मोडलले मात्रै होइन कोरियोग्राफरले पनि क्यामेराम्यानसँग पनि सहयोग लिएर यो तरिकाको गनर्जे भनेर गर्न थालिएको छ । यो समयक्रमको विकास पनि हो र व्यवसायिक बन्दै र प्रतिस्पर्धा बढ्दै जाँदा पनि धेरै हदसम्म सुधार हुँदै जान्छ ।  

तपाइँ गीतमा भन्दा पनि र्‍याम्प शोमा बढी कोरियोग्राफी गर्नु हुन्छ किन ?
मैले सुरु नै र्‍याम्पबाट गरेकाले पनि हो । यसमै केन्द्रित भएँ । अरु कारण त केही छैन । 

र्‍याम्पको कोरियोग्राफी र गीतको कोरियोग्राफीमा के फरक छ ?
र्‍याम्पको कोरियोग्रफी अभिनय र कोण विशेषमा मात्रै सीमित नहुने भएका कारण ‘ब्यूटी एण्ड ब्रेन’ भन्छन् । यसमा सबै पक्ष समेटिएको हुन्छ । जस्तै कसरी हिड्ने, कसरी बोल्ने, कति बोल्ने, कुन भाषा बोल्दा उपयुक्त हुन्छ यसमा समेटिन्छ । गीतमा पनि त्यस्तै हो गीतले के भन्छ त्यही अनुसार हाउभाउ दिने हो । तर यति मात्रै भने होइन गीतले के माग्छ त्यो पनि दिन सक्नुपर्छ । 

कोरियो ग्राफी भल्गर हुन थाल्यो भन्ने टिप्पणी पनि हुन थालेको छ नि !
हो । यो पक्षलाई सबैले स्वीकार गर्नैपर्छ । आजभोली गीतमा समाजले पचाउन सक्ने भन्दा पनि बढी देखाउने चलन बढेर गएको छ । यसबाट सचेत हुने बला आइसकेको छ जस्तो लाग्छ । 

पारिश्रमिकका हिसावले चलचित्र र म्युजिक भिडियोको कोरियोग्राफी आकर्षक हैन र ? तर तपाइँ त त्यतातर्फ त्यती धेरै आकर्षित नै हुनु भएन, किन ?
म्यूजिक भिडियोको कोरियोग्राफी भनेको एकदुई दिनमा नै सकिन पनि सक्छ तर, र्‍याम्पको भने हामीले १४/१५ दिन अगाडि देखि सुरु गर्छौं । र्‍याम्पको कोरियोग्राफी महिनौं लामो समय पनि हुन सक्छ, कार्यक्रम अनुसार । तर गीतको कोरियोग्राफी प्रायः छोटै समयका लागि मात्रै हुन्छ । म त्यती धेरै कोरियोग्राफी गर्दिन । मेरो आफ्नै काम भएकाले पनि हो । पैसा भन्दा पनि म केमा सन्तुष्ट हुन्छु त्यो मात्रै गर्छु । 

कोरियोग्राफीबाट तपाईँले सन्तुष्ट हुनुहुन्छ ? 
सन्तुष्टि पाएँ भन्न सक्छु । मैले माथि पनि भनिसकेँ म पैसाका लागि मात्रै पनि काम गर्दिन । समाज सेवा वा चेतनाका लागि काहिँ कोरियोग्राफी गर्नुपर्यो भने म गर्छु । म त धेरै जस्तो यस्तै कोरियोग्राफी हेर्छु । 

कोरियोग्राफी गरेर जीवन धान्न सकिन्छ नेपालमा ?
कोरियोग्रफी नै गरेर जीवन धान्न चाहीँ अझै पनि गाह्रो नै छ । यो पार्टटाइम काम हो जस्तो लाग्छ । तर काम पायो भने गर्न सकिन्छ । यहाँ मलाई के भन्न मन लाग्छ भने कोरियोग्राफर भन्दा पनि उसलाई कोरियोग्राफी गर्न लगाउने संस्था कत्तिको ब्यबसायिक छ भन्ने कुरा महत्वपूर्ण हो ।  

आफैंलाई स्टेजमा क्वाटवक गर्न रहर लाग्दैन ?
लाग्छ । मैले यो मन पराएको क्षेत्र भएकाले होला आफैँलाई पनि मन त लाग्छ । धेरैलाई यो काम सिकाउँदा मन लाग्नु स्वाभाविक पनि हो ।

किन नगर्नु भएको त ?
यही नै कारण हो भन्ने त छैन । मोडलिङ गर्ने रहर नभएर पनि होला । मोडलिङलाई नै व्यवसाय बनाउँछु भनेर लाग्नु र क्याटवक गर्न रहर लाग्नु त फरक पाटो हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC