site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अभिनयदेखि निर्माण र निर्देशनसम्म 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलिउडमा खानहरु चलचित्र कर्ममा सफल छन् । जति उनीहरु अभिनयमा सफल भए, त्यति नै चलचित्र निर्माणमा पनि अब्बल देखिए । सलमान खान, आमिर खान, साहरुख खानले जति अभिनयमा आफ्नो नाम चम्काए, निर्मातामा पनि आफूलाई इस्पात बनाए । आफ्नै लगानी र आफ्नै कथामा आफूले चाहेजस्तै चलचित्र बनाउने लोभले मोटो रकम खर्चेर चलचित्र निर्माण होमिँदा उनीहरुका केही चलचित्र असफल पनि भए, तर त्यसलाई अपवाद मान्नेहरुको संख्या ठूलो छ ।  

आधा शताब्दीको इतिहास बोकेको कलिउड बलिउडबाट प्रभावित छ । नेपाली चलचित्र भारतीय चलचित्र निर्माणको सूत्रबाट बन्न सुरु गरेको हो । त्यो परम्पराले अहिलेसम्म पनि निरन्तरता पाइरहेकै छ । यद्यपि यसलाई चुनौती दिँदै केही निर्देशकले ‘फरक धार’ मा चलचित्र बनाउन थालेपछि भारतीय सूत्रमा बनिरहेका चलचित्रको भविष्य ओरालो लागेको विश्लेषण गर्नेहरु पनि छन् ।

जे होस्, भारतीय चलचित्र बजारबाट नेपाली चलचित्र बजार जसरी प्रभावित छ, त्यस्तै त्यहाँका कलाकारले सुरु गरेको चलचित्र निर्माणको ‘ट्रेन्ड’ पनि यहाँ देखिएको छ । 
मुम्बईमा सलमान, आमिर, साहरुखलगायतले अभिनय हुँदै चलचित्रमा हात हाले, नेपालमा पनि त्यसको हावा चलिहाल्यो । यहाँ भुवन केसी, निखिल उप्रेती, रेखा थापादेखि झरना थापासम्मले चलचित्रमा हात हाले । अभिनयमा लोकप्रियता कमाएकाहरु निर्माणमा आउने क्रम रोकिएको छैन । अहिले केही समय अमेरिका बसेर स्वदेश फर्किएका रमेश उप्रेतीले पनि चलचित्र निर्माणमा हात हालेका छन् ।  

Agni Group

अमेरिकाबाट फर्किएर ‘ब्रासलेट’ मा अभिनय गरेका रमेशले अहिले आफ्नै लगानीमा ‘ऐश्वर्य’ बनाएका छन् । आगामी कात्तिक ९ गते रिलिज हुने चलचित्रमा उनले पैसा मात्रै हालेका छन्, निर्देशनको जिम्मा भने अरुलाई नै दिएका छन् । 

अमेरिकाबाट फर्किएर रमेशले अभिनय गरेको पहिलो चलचित्र ‘ब्रासलेट’ लाई अर्का कलाकार निर्मल शर्माले निर्देशन गरेका थिए । निर्मल ‘चकलेट’ निर्देशन गरेर निर्देशकमा डेब्यू गरेका थिए । त्यस अगाडि नै अशोक शर्मा, विश्व बस्नेत लगायतका कलाकारले अभिनयपछि निर्देशनमा हात हालिसकेका थिए । 

Global Ime bank

नेपालमा ‘हार्डकोर एक्सन’ भित्र्याएका निखिल उप्रेती पनि पारिवारिक कारण केही वर्ष भारत बसे । त्यसपछि फर्किएका उनले आफैं चलचित्र बनाए, ‘भैरव’ निर्देशन गरे । ‘भैरव’ पछि उनले ‘रुद्र’ मा लगानी गरे । उनी अब चलचित्र निर्माणलाई निरन्तरता दिने योजनामा छन् । 

भुवन केसीले चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरे नायकका रुपमा । अझै पनि उनका फ्यान उत्तिकै छन् । उमेरले पाखा लगाउँदै गएपछि उनी पनि निर्माणमै अग्रसर भए । ‘सपना’ नामक चलचित्रबाट निर्माणमा प्रवेश गरेका उनी ‘ड्रिम्स’ बाट निर्देशक नै बने । आफ्नै छोरा अनमोल केसीलाई अभिनय गराएका उनले बक्सअफिसमा पनि राम्रो उपस्थिति देखाए ।

स्व. नायक श्रीकृष्ण श्रेष्ठ पनि जति अभिनयमा सफल भएका थिए, निर्माणमा पनि त्यति  नै सफल भएका थिए । ‘कोहिनूर’ निर्माण गरेका श्रेष्ठले निकै प्रशंसा बटुलेका थिए । यो चलचित्रले सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको थियो । यसले ११ करोड कमाएको निर्माण पक्षले दाबी गरेको थियो । स्व.श्रेष्ठले नै चलचित्र नगरीमा डेब्यू गराएकी नायिका श्वेता खड्का पनि चलचित्र निर्माणमा जुटेकी छिन् । उनको लगानीमा चलचित्र ‘कान्छी’ फ्लोरमा छ ।  

नायक भन्दा नायिका पनि कम छैनन् नेपाली चलचित्र उद्योगमा । रेखा थापाले झण्डै एक दशक नेपाली चलचित्रमा राज गरिन् । आफ्नो बलियो उपस्थिति हुँदाहुँदै उनले निर्माणमा पनि हात हालिन् । ‘हिम्मतवाली’ निर्देशन गर्ने हिम्मत गरिन् । ‘हिम्मतवाली’ हिट पनि भयो । त्यसपछि उनी निर्मात्री रहेको चलचित्र ‘रामप्यारी’ भने अर्कैलाई निर्देशन गर्न दिइन् । 
रेखाकै बाटोमा हिँडिन् नायिका झरना थापा पनि । ‘ए मेरो हजुर–२’ उनले निर्देशन गरेको चलचित्र हो । उनको पहिलो चलचित्रले नै बक्सअफिसमा राम्रो छाप छोड्यो । 

नायिका सिर्जना बस्नेतले पनि आफूलाई अभिनयमा मात्रै सीमित राखिनन् । उनले ‘गुड लक’ चलचित्र निर्देशन गरेर निर्देशकका रुपमा आफूलाई परिचित गराइसकेकी छन् । 
करिष्मा मानन्धरले नेपाली रजतपटमा २ दशक दर्शकलाई आफ्नो पकडमा राखिन् । सयौं चलचित्रमा उनले अभिनय मात्रै गरिनन्, चरित्रलाई न्याय पनि गरिन् । उनी पनि अन्ततः निर्माणमा हात हालिन् । ‘बाबु साहेव’ र ‘फागु’ उनले निर्माण गरेका चलचित्र हुन् । 

अहिले अमेरिकामा रहेका चकलेटी हिरो दीलिप रायमाझी पनि निर्माणमा हात हाल्ने कलाकार हुन् । ‘मिस यु’ उनले निर्माण गरेको चलचित्र हो । 

नायक कृष्ण मल्ल पनि निर्माणमा प्रवेश गरेका चलचित्रकर्मी हुन् । ‘लगनगाँठो’उनले निर्माण गरेको चलचित्र हो भने ‘बादल’ उनले नर्देशन गरेको चलचित्र हो । 

गणेश उप्रेती पनि चलचित्र निर्माण गर्ने कलाकार हुन् । उनले ‘मोहनी’ र ‘छोरो’ नामक चलचित्र निर्माण गरेका थिए । 

दिनेश शर्माले पनि चलचित्र निर्माण तथा निर्देशन गरे । ‘प्रतिघात’, ‘दानव’ ‘अन्त्य’ शर्माले निर्माण गरेका चलचित्र हुन् भने ‘दानव’ उनले निर्देशन गरेको चलचित्र हो ।   

जयकिशन बस्नेत अर्को नाम हो, जसले आफूलाई कलाकारमा मात्रै सीमित गरेनन् । आफैं निर्देशनको मैदानमा पनि हात हाले । ‘धुम–२’ बस्नेतले निर्माण तथा निर्देशन गरे । अर्का कलाकार हुन् दिनेश डिसी, जसले अभिनयपछि निर्देशनमा प्रवेश गरे ।  ‘फूलै फूलको मौसम तिमीलाई’ डिसीले निर्माण गरेको चलचित्र हो भने ‘मायाज बार’ उनको निर्देशनमा निर्माण भएको चलचित्र हो । 

हास्य कलाकार किरण केसी पनि अभिनयमा मात्रै सीमित रहेनन् । उनले पनि चलचित्र निर्माणको अनुभव संगाल्दैछन् । छायांकनको तयारीमा रहेको चलचित्र ‘शत्रुगते’ किरण केसीले बनाउन लागेको चलचित्र हो । 

नायक तथा लेखक खगेन्द्र लामिछाने पनि अभिनय र लेखनमा मात्रै सीमित हुन चाहेनन् । अभिनयबाट रजतपट छिरेका उनी ‘धनपति’ मार्फत निर्माणमा प्रवेश गरे । 

आर्यन सिग्देल पनि चलचित्र निर्माणबाट अछुतो छैनन् । ‘क्लासिक’ बाट चलचित्र निर्माणमा हात हालेका आर्यनले अहिले रेखासँग मिलेर बनाएको चलचित्र ‘रुद्रप्रिया’ प्रदर्शनको तयारीमा छ । ‘नोभेम्बर रेन’ मा पनि उनले सुवास गिरीसँग मिलेर लगानी गरेका थिए । 

चलचित्र ‘क्लासिक’ बाटै अभिनेत्री नम्रता श्रेष्ठ पनि निर्माणमा प्रवेश गरिन् । आर्यन र उनले संयुक्त रुपमा ‘क्लासिक’ बनाएका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC