site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकार ! तिमीलाई मेरो मतलब छैन ?  

दसैंअघि फुटसल खेल्ने क्रममा खुट्टामा चोट लागेर उपचारका लागि म शिक्षण अस्पताल, महाराजगञ्ज पुगेँ । तर, त्यहाँ त्यस दिन एक्सरे मेसिन नचलेकोले भोलि आउनु भनियो । मेरो भोलिपल्टसम्म कुर्न सक्ने अवस्था नभएकोले मलाई हाम्रै घर नजिकको ग्रान्डी अस्पतालमा लगियो । डाक्टरको टोलीको सिफारिसबमोजिम मेरो खुट्टाको लिगामेन्टको अपरेसन गर्नु पर्ने भयो । त्यो ग्रान्डी अस्पतालमा नै सफतापूर्वक सम्पन्न गरियो । अस्पतालबाट घर फर्किएपछि फलोअपका लागि टीकाको भोलिपल्ट ग्रान्डी अस्पताल पुगेको थिएँ । दसैंको बिदा परेकोले बहिरंग सेवा बन्द रहेको हुनाले मेरो बुवा र म आपत्कालीन सेवा कक्ष अगाडि पालो कुरेर बसेका थियौं । 

अस्पतालका एम्बुलेन्स चालक चिनेको हुनाले मलाई सो अस्पतालमा कस्ता कस्ता बिरामी आउने रहेछन् र कुन माध्यमबाट आउने रहेछन् भन्ने जान्ने प्रयासमा लागेँ । कुराकानीकै क्रममा सरदरमा हेलिकप्टरबाट कति बिरामी उपचार गर्न आउँछन् भन्दै सोधेँ । चिकित्सा शिक्षामा डा. गोविन्द केसीको अभियानको समर्थक भएकोले पनि त्यो जान्न चाहेको थिएँ ।   ग्रान्डीजस्तो सुविधा सम्पन्न अस्पताल अन्य क्षेत्रमा पनि बनाउनुपर्छ भन्ने कुरा मलाई मन परेको थियो । ठीक त्यही नै बेला सेनाको हेलिकप्टर अस्पताल हातामा ओर्ल्यो । डाक्टर, नर्स र सहयोगीहरू बिरामीलाई अस्पतालमा ल्याउ स्ट्रेचर, ह्विलचेयर लिएर हेलिकप्टरतर्फ बढे । म पनि वैसाखीको सहायतामा के भएको रहेछ भनी बुझ्न नजिकै पुगेंँ ।

हेलिकप्टरबाट एक जना वृद्ध महिला, एक वयस्क पुरुष र एक वृद्ध पुरुषलाई करेन्ट लागेकोले उपचारका लागि रामेछापको दोरम्बा भन्ने ठाउँबाट ल्याइएको रहेछ । वृद्ध महिला र वयस्क पुरुष बेहोस थिए । ह्विलचेयरमा सँगै आएका व्यक्तिका अनुसार पूरै गाउँमा उच्च भोल्टेजको बिजुली आएको हुनाले त्यतिबेला बिजुलीका सामान प्रयोगकर्तालाई करेन्ट लागेको रहेछ । मैले यति थाहा पाइसक्दा सम्म त्यहाँ आक्रोशको वातावरण बनिसकेको थियो । उपस्थितहरुले सरकारलगायत राजनीतिक दललाई गाली गर्न सुरु गरिसकेका थिए । त्यही भिडमा रहेका एकजना व्यक्ति भन्दैथिए "युवा खाडीमा जान्छन्, केही पैसा बोकेर फर्कन्छन् अनि भन्छन्,  म त कांग्रेस हुँ, एमाले हुँ, माओवादी हुँ । हामी नेपाली चाहिँ कहिले बन्ने ? देश कसरी बनाउने ?"

Prabhu Bank
Agni Group
NIC Asia

केही बेरमा परवाट एकजना युवा रुँदै हामीतर्फ आउँदै थिए । उनी चाहिँ उपचार गर्न ल्याइएका व्यक्तिका  छोरा रहेछन् । उनका बुबा आमालाई करेन्ट लागिसकेपछि बचाउन जाँदा आफैँ करेन्टको सिकार भएका छन् । काठमाडौँमा पढ्दै गरेका ती युवा आफ्नो बुबालाई तलमाथि भयो भने कसरी आफ्नो पढाइ सुचारु राख्ने चिन्तामा थिए । यी बिलौना तथा आक्रोशको बीचमा मन्त्री आउने खबर फैलियो । उता अस्पतालका एम्बुलेन्स चालक दाइ भित्र उपचारार्थ लगिएका वृद्ध महिला र वयस्क पुरुषको मृत्यु भइसकेको खबर सुनाउँदै थिए । 

म निराश भएँ । मेरो मनमा सरकार र हामी नेपाली सबैप्रति नै प्रश्न थियो । साथै इतिहासको कालखण्डमा जनताको लागि भन्दै क्रान्ति गर्ने नेताहरूसँग पनि प्रश्न  उब्जेको थियो । संविधानमा समाजवादउन्मुख राजनीतिक प्रणाली अवलम्बन गर्ने लेखिए पनि नेताहरू नवधनाढ्य बन्दै गइरहेका छन् । तैपनि किन यस देशका नागरिक राजनीतिक पाटो केलाई हाम्रा हैन राम्रालाई भोट खसाउन सकिरहेका छैनन् ? मेरा मनमा यी प्रश्न आउँदै गर्दा मन्त्री  आएर बिरामीको उपचारमा केही कमी हुन नदिने प्रतिबद्धता गरे । म पनि मन्त्री नजिकै पुगेर सोधेँ "जनताका समस्या किन नीतिगत तहबाट नै समाधान गरिँदैन ?" तर उनलाई मेरो प्रश्न मन नपरेन क्यारे त्यसको जवाफ नदिई त्यहाँबाट गए । 

एकातिर आफ्नै अपरेसन गरेको खुट्टाको पीडा छ भन् अर्कोतिर गाउँमा नै धेरै धनजनको क्षति हुने गरि करेन्ट प्रवाह भएको दुःखदायी खबरले मेरो मन स्थिर हुन सकेन । प्रश्नहरु एकपछि अर्को गर्दै आइरहे । केही यस्ता थिए । गाउँ ठाउँबाट बिरामी लिएर आउने हेलिकप्टर सरकारी अस्पतालमा किन बस्न सक्दैन ? हेलिकप्टर अवतरण गराउने ठाउँ त शिक्षण अस्पतालमा पनि छ । किन डा. केसी सधैँजसो एउटै माग राखेर अनशन बस्नु पर्ने अवस्था आउँछ ? बिरामीको उपचारमा कमी आउन नदिने प्रतिबद्धता गर्ने मन्त्री किन सरकारको आफ्नै प्रतिबद्धताबमोजिम काठमाडौँ बाहिर पनि मेडिकल कलेज खोल्ने बाटोमा तगारो हाल्छ ? किन करोडौँ पर्ने गाडी सडकमा हुइँकिदा सडकको अवस्था भने बेहाल हुन्छ ? सरकार जनताका लागि हुनुपर्ने हो । म किन सरकारको आफ्नो बन्न सकिनँ ? 

देशमा उपलब्धमध्ये सायद उत्कृष्ट सेवा पाएकोले दुई दिनपछि नै म घर जान मिल्ने भयो । त्यही बसाइको क्रममा मेरा मनमा उठेका यी प्रश्नका उत्तरका खाका पनि आए । हाम्रो राजनीतिक प्रणालीमा जो अहिलेसम्म टिकेका छन् र जो पार्टी तथा सरकारमा उच्च पदमा पुग्छन् उनीहरू कुनै सिद्धान्तप्रतिको प्रतिबद्धता र देशलाई केही गर्छु भन्ने हुटहुटीबाट टिकेका हैन रहेछन् भन्ने लाग्यो । उनीहरू त्यहाँ पुग्न जोसँग पनि सम्झौता गर्ने रहेछन् । त्यहाँ पुगिसक्दा उनीहरुको आँखामा सपना मरिसक्दो रहेछ । अनि मनमा केही गर्नुपर्छ भन्ने छटपटाहट सधैंको लागि मरिसक्तो रहेछ । अब नियतको त कुरै नगरौं ! 

हाम्रो बाटो के त भन्ने प्रश्नको जवाफ दिएर यो लेखलाई बिट मार्छु । सामान्य नागरिकले आफ्नो स्वार्थ हेर्नुपर्छ । चुनावको एक दिनअगाडि आएर कसले कस्तो भोज लगायो, कसलाई कति दियो र कुन नेताले कसलाई जागिर लगाइदियो, कसलाई ठेक्का मिलाइदियो भन्ने हिसाब लगाउने होइन । कसले हाम्रा साझा समस्यालाई हल गर्न मन, वचन र कर्मले काम गरेको छ र कसले त्यसो गर्ने सम्भावना छ ? हामी बिरामी हुँदा उपचार गर्ने अस्पताल हाम्रो घरगाउँ नजिकै बनाउन कसले सहयोग गरेको थियो ? हाम्रा छोराछोरीले उत्कृष्ट शिक्षा पाऊन् भनेर कसले निरन्तर मेहनत गरिरहेको छ ? गाउँमा बाटो ल्याउन कसले पहल गरिरहेको छ ? अनि कसको नियत ठीक छ भन्ने प्रश्नमा जसले बढी अंक ल्याउँछ उसैले मेरो मत पाउँछ र म नै त्यसलाई अगाडि बढ्न पनि सहयोग गर्छु भन्नुपर्थ्यो । नत्र हामी नागरिकले आफूले पाउन लायक स्तरको नेता नै पाइरहन्छौं । यस्ता दुर्घटना भइरहन्छन् । मन्त्री सरकारी प्रतिबद्धताअनुसार अस्पताल खोल्न जाँगर गर्दैनन् । बरु बिरामीलाई हेलिकप्टरमा हालेर काठमाडौँमा ल्याउन विवश बनाउँछन् । र अस्पतालमा आएर बिरामीको उपचारमा कुनै कसर बाँकी राखिन्न भनेर ठूला कुरा पनि गरिरहन्छन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC