site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेयरको उदासिनताका कारण उठ्न सकेन काठमाडौंको फोहोर
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आवश्यक मात्रामा चासो नदेखाउँदा काठमाडौंको फोहोर नियमित रुपमा उठ्ने सकेको छैन । 

काठमाडौं महानगरपालिकाले २ वर्षका लागि नुवाकोट ओखरपौवा स्थित सिसडोलमा फोहोर फ्याँक्ने सम्झौता २०६१ सालमा गरेको र हाल उक्त सम्झौता पछिको ११ वर्ष बितिसक्दा पनि महानगरपालिकाले अव्यवस्थित रुपमा सोही स्थानमा फोहोर फ्याँकिरहेको छ ।

यस्तो कार्यप्रति त्यहाँका स्थानीयबासीहरु काठमाडौं महानगरपालिकाप्रति आक्रोसित छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त स्थानमा दिउँसो २ बजेभित्र फोहोर फ्याकिसक्ने नियम रहे पनि महानगरपालिकाले जुनसुकै समयमा फोहोर फ्याँक्ने गरेको स्थानीयको गुनासो छ । “जुनसुकै समयमा अव्यवस्थित रुपमा फ्याँकिने फोहोरका कारण हामी पीडित छौं ।” ओखरपौवाका स्थानीय रामबहादुर घिमिरेले बताए ।

ललितपुर, काठमाडौं महानगरपालिका र भक्तपुरसहित काठमाडौंका सातभन्दा बढी नगरपालिकाले हाल नुवाकोट ओखरपौवामा फ्याँक्दै आएको फोहोरका कारण त्यहाँका स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । 

Global Ime bank

“त्यहाँको अव्यवस्थित फोहोरले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पारेको छ,” ककनी गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष घननाथ बजगाईले बाह्रखरीसँग भने, “त्यहाँका नागरिकको बाँच्न पाउने अधिकारसँग सरकारसमेत बेखवर छ ।” 

फोहोरका कारण चौपाया र बालीनालीमा असर 

हाल उपत्यकाको फोहोर फालिँदै आएको नुवाकोटको सिसडोलमा फोहोरको दुर्गन्ध र ढल मिसावट भएको खोलाको पानी खाँदा स्थानीयका चौपाया मर्ने गरेका छन् ।

यसरी चौपायहरु मर्ने गरेको तर स्थानीयबासीलाई उपत्यकाका कुनै स्थानीय तह र सरकारले पनि क्षतिपूर्ति नदिइरहेको वडाध्यक्ष बजगाईले भने, “यसरी फोहोर फ्याँकिरहँदा चौपाया मात्रै होइन, फोहोरबाट माटोमा मिसिने हानिकारक रसायनिक तत्वले यहाँको बालीनालीमा पनि असर परिरहेको छ ।” 

५ वर्षसम्म बनेन बाटो ठेकेदार नै बेपत्ता 
 

ओखरपौवामा फलिँदै आएको अव्यवस्थित फोहोरको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले ओखरपौवाबाट १ किलोमिटर पर रहेको बञ्चरेडाँडामा डम्पिङसाइड प्रस्ताव गरेको हो । तर पूर्वाधार अभावमा उक्त स्थानमा फोहोर फ्याँकिन सकेको छैन । 

२०६९ सालमा सरकार र महानगरबीच आउँदा दिनको फोहोर बञ्चरेडाँडामा फ्याँक्ने  र ओखरपौवादेखि १ किलोमिटर सडक खनी कालोपत्रे गर्ने सम्झौता भएको थियो ।

“तर, आज ५ वर्ष बितिसक्दा पनि ओखरपौवाबाट बञ्चरेडाँडासम्म पुग्ने सडक बन्न सकेको छैन,” फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख रवीन्द्र राईले भने, “यसको एउटै प्रमुख कारण स्थानीय विकास मन्त्रालयको ढिलासुस्ती हो ।” यता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपत्यकाको फोहोर विसर्जन हुने ओखरपौवाका बासिन्दाको पीडासँग जानकार रहेको बताउँछन् । “फोहोरका कारण ओखरपौवाबासीले भोग्नु परिरहेको पीडाका बारेमा म जानकार छु,” शाक्यले भने, “महानगरपालिकासँग तत्कालीन समयमा बञ्चरेडाँडासम्मको बाटो बनाउने जिम्मा लिएको कालिका कन्स्ट्रक्सनले काम नगर्नुको कारण बुझ्न पत्र काटी बाटो निर्माणका लागि चाँडै नै विकल्प खोज्ने छु ।” 

ओखरपौवादेखि बञ्चरेडाँडासम्म बाटो निर्माणको जिम्मा लिएको कालिका कन्स्ट्रक्सनका कोही पनि प्रतिनिधि फोहोर व्यवस्थापन सम्बन्धी काठमाडौं महानगरपालिकाले आजसम्म गरेका कुनै पनि बैठकमा उस्थिति नभएको बताउँदै ककनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बजगाईले भने, “बञ्चरेडाँडासम्म बाटो बनाउने कुरामा महानगर कालिका, कालिका भन्छ तर आजसम्मका कुनै बैठकमा उसका कुनै प्रतिनिधि उपस्थित भएको हामीलाई थाहा छैन ।”    

वितरित रकमप्रति स्थानीय नै असन्तुष्ट

फोहोर व्यवस्थापन शीर्षकमा सरकारले प्रदान गर्ने कुल बजेटमध्ये ककनीलाई ६० प्रतिशत र धुनिबेंसीलाई ६० प्रतिशत वितरण हुने नियम रहे पनि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको एकतर्फी निर्णयका कारण ककनी र धुनबेंसीका प्रभावितलाई मनपरी ढङ्गले क्षतिपूर्ति रकम वितरण गरिएको स्थानीय बताउँछन् । 

ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले काठमाडौं महानगरपालिकाले ओखरपौवाका स्थानीय फोहोर प्रभावितहरुलाई अन्यायपूर्ण ढङ्गले क्षतिपूर्ति वितरण गरेको आरोप लगाउँदै भने, “ओखरपौवाका फोहोर प्रभावितलाई काठमाडौं महानगरपालिकाले प्रदान गरेको क्षतिपूर्ति लाटासोझा प्रभावितलाई भुल्याउने अस्त्र भएको छ ।”

शुक्रबार काठमाडौंमा महानगरपालिकाले धुनवेंसी नगरपालिका र ककनी गाउँपालिकालाई फोहोेर प्रभावित भए वापत १, १ करोड रुपैयाँ उपलब्ध गराएपछि ककनी गाउँपालिकाका स्थानीयबासी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यप्रति आक्रोसित बने । सरकारले दुईवर्ष अघि नै फोहोर प्रभावितलाई वितरण गर्न छुट्याएको भए पनि काठमाडौं महानगरपालिकाले उक्त रकम लुकाएर आजका दिनमा बाँढेर औपचारिक कर्मकाण्ड पुरा गर्न खोजेको ककनी गाउँपालिका अध्यक्ष लामाले बताए ।  

विवादमा बञ्चरेडाँडो
 

काठमाडौं महानगरपालिकाले उपत्यकाका २ महानगरसहित सम्पूर्ण नगरपालिकाको फोहोर बञ्चरेडाँडामा फ्याँक्ने बताए पनि बञ्चरे डाँडो नुवाकोट जिल्ला नभई धादिङको धुनिबेंशी नगरपालिकामा पर्ने भएकाले काठमाडौं महानगरले यहाँ फोहोर फ्याँक्नुअघि आफूसँग सम्झौता गर्नुपर्ने धुनिवेंशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले प्रश्न गरे, “बञ्चरेडाँडामा फोहोर फ्याँक्ने सम्बन्धमा काठमाडौं र ललितपुरका उपमेयर हरिप्रभा खड्गी र गीता सत्यालले मेरो नगरपालिकाका केही वडाध्यक्षसँग राति बसेर कुरा गर्नु भएको छ, यो कहाँसम्म सुहाउने कुरा हो ? यस विषयमा मसँग कुरा गर्नु पर्दैन ?”
   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC