site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भन्छन् – सीसाको घरमा बस्नेले अरूलाई ढुंगाले हान्नुहुन्न । नेपाली राजनीतिका नायकहरू भने विदूषक र खलनायक चरित्रका छन् । यसैले उनीहरू आफू सिसाको घरमा बसेर विपक्षीलाई ढुंगाले हान्ने गरिरहेका हुन्छन् । आफू मनपरी बोल्छन् र प्रतिस्पर्धीलाई संयमित हुन चेतावनी दिन्छन् । कम्युनिस्ट गठबन्धनका घटकका नेताहरू पनि अहिले त्यसै गर्दैछन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रका नेताले नेपाली कांग्रेसले कम्युनिस्ट गठबन्धनबाट लोकतन्त्र खतरामा परेको र सर्वसत्तावादको खतरा बढेको भनेको प्रचार गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । एकीकरणको प्रक्रियामा रहेका दुवै कम्युनिस्ट घटकले त्यस्तो कथन चुनाव सार्ने बहाना हुनसक्ने भन्दै कांग्रेसलाई चेतावनी दिएका छन् । कांग्रेसको टिप्पणी अतिशयोक्ति हुनसक्ला तर त्यसमा एमाले वा माओवादीले प्रतिटिप्पणी गर्नु भने पटक्कै सुहाउँदैन ।

केही दिन पहिले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद्को सबैभन्दा ठूलो र स्थानीय निर्वाचनमा पनि एमालेकै हाराहारीमा रहेको नेपाली कांग्रेसलाई ‘कबाडी‘सँग तुलना गरेको समाचार आएको थियो । माओवादीलाई ‘रातो स्टिकर‘ टाँसेको घर भन्दै कम्युनिस्ट विचार त्यागेर नयाँ शक्ति बनाएका अर्का पूर्वप्रधानमन्त्री र प्रस्तावित कम्युनिस्ट केन्द्रका नेता बाबुराम भट्टराई पनि केही दिन पहिले नेपाली कांग्रेस बिग्रेको भन्दै सच्चिने सल्लाह दिएका छन् । अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसलाई पटकपटक प्रतिगामी भनेका छन् । यसै पनि माओवादीले कांग्रेसलाई आफ्नो प्रधान शत्रु किटान गरेकै छ । यस्तो पृष्ठभूमि भएका दलहरूले अर्को दलले के भन्यो भन्नेमा आपत्ति प्रकट गर्दै चेतावनी दिनु हास्यास्पद हुन्छ ।

नेपालको राजनीतिमा संस्कारहीनता अहिले प्रमुख चरित्र बनेको छ । एमाले र माओवादी केन्द्रका नेताहरूले एकअर्काविरुद्ध प्रयोग गरेको गाली र अपशब्द सम्झने हो भने अहिले यिनीहरू नै एकीकरण प्रक्रियामा लागेका हुन् भनेर पत्याउन कठिन हुन्छ । यसैले दलका नेताहरूले सबैभन्दा पहिले अाफूले अरूको मर्यादा राखेर बोल्नुपर्छ । अर्कालाई ‘कबाडी’ भन्नेले आफूलाई अरूले ‘रछान’ भनेको सहन सक्नुपर्छ ।  कांग्रेसलाई प्रतिगामी भन्न हुने र माओवादीलाई सर्वसत्तावादी भन्न नहुने पक्कै हुँदैन । यसैले लोकतन्त्रप्रति प्रतिबद्धता भए वचन र आचरण दुवैमा प्रदर्शित हुनुपर्छ । कम्युनिस्ट, कांग्रेस र मधेसवादी नेताहरूले उत्तेजना फैलाएर हैन जनतालाई आआफ्नो पक्ष संयमपूर्वक राखेर समर्थन हासिल गर्ने प्रयास गरून् । आफूले जे भने पनि वा गरे पनि अरूले प्रतिवाद गर्न पाइँदैन भन्नु यथार्थमा सर्वसत्तावाद हो ।    

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC