site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 केपी ओलीको कटाक्ष– बूढो रुखलाई युरिया किन हाल्नु ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बूढो रुखलाई जति युरिया हाले पनि काम नलाग्ने भन्दै कांग्रेसको उपदादेयता सकिएको बताएका छन् । शुक्रबार राजधानीमा डीआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउँदै कांग्रेसले मुलुकलाई गति दिन नसक्ने ठोकुवा गरेका हुन् ।

उनले नवगठित वाम गठबन्धन एमालेलाई बहुमत ल्याउन नभइ मुलुकको समृद्धिका लागि एक ठाउँमा उभिएको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“कांग्रेसलाई ठूलो चिन्ता परेको छ, एमालेलाई बहुमत ल्याउन वाम गठबन्धन गरिएको होइन, सबैको बुद्धि विवेक मिसाएर मुलुकलाई समुन्नत बनाउन खोजिएको हो,” उनको भनाइ थियो ।
कांग्रेसले अधिनायकवाद उच्चारण गर्ने ?
अध्यक्ष ओलीले वाम गठबन्धन हुनु ‘कम्युनिष्ट अधिनायकवाद लाद्न खोजिएको’ भन्दै कांग्रेसले टिप्पणी गरेको भन्दै कांग्रेसले त्यसो भन्न नसुहाउने जिकिर गरे ।

“डीआईजीको नम्बर तलमाथि गरेको छ । आफूले भनेको नमानेर प्रधानन्याधीश सुशीला कार्कीलाई महाभियोगको प्रस्ताव पेश गरेको छ,” उनले भने, “ कांग्रेसले हामीलाई अधिनायकवादी भन्ने ?”

Global Ime bank

उनले डीआईजी समेत अन्यायमा परेको भन्दै निमुखा, सर्वसाधारणको के हालत होला भन्दै चिन्तासमेत प्रकट गरे ।

उनले आफू अल्पमतमा परेपछि बाधा अड्काउ फुकाएर राजीनामा दिएको दृष्टान्त पस्किँदै अधिनायकवादको कल्पनासमेत गर्न नसकिने बताएका छन् ।
उनले कांग्रेसले ०१५ सालकोझैँ बहुमतको हरियो घाँस देखेको भन्दै छेडखान समेत गरे ।

उनले एमालेले मात्रै समृद्धिको मार्ग दिनसक्ने दाबी गरे ।

“हामीसँग ३ पूर्व प्रधानमन्त्री छन् । आठ दश जना उपप्रधानमन्त्री छन् । अनुभव र योग्यता हामीसँग छ,” उनको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC