site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नवराज सिलवाल नेकपा एमालेमा प्रवेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार 
नेकपा एमालेमा प्रवेश गरेका हुन् । 
शुक्रबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित कार्यक्रममा सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे । उनलार्इ अोलीले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

यसअघि उनले दशैंको टीका पनि एमाले अध्यक्ष ओलीको हातबाट लगाएका थिए । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप लागेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए ।
तर उनको राजीनामा अहिलेसम्म स्वीकृत नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कार्यक्रममा सिलवालले माक्र्सवादी नेता लेनिनको भनाइ उद्धृत गरेका थिए । "तपाईंले राजनीतिलाई हस्तक्षेप गर्नुभएन भने तपाईंलाई राजनीतिले हस्तक्षेप गर्छ," उनले भने । आफूमाथि ठूलो राजनीति भएको गुनासो गर्दै उनले राजनीति नभएको भए आफू सायदै राजनीतिमा आउने बताए । "मेरो फोरम फेरिएको हो, राष्ट्रप्रतिको समर्पण फेरिएको छैन। राज्य अभिभावक हो, तर ममाथि भेदभाव हो। लाखौं पीडितको प्रतिनिधि हुँ म । किन अदालत गइस् कतिले, अन्याय भएपछि कहाँ जाने ?" उनले भने । 

Global Ime bank

एमालेले मात्रै समृद्धिको अगुवाइ गर्न सक्ने दाबी गर्दै सिलवालले केपी ओली युग पुरुष भएको टिप्पणी गरे । पार्टीले दिएको जुनसुकै जिम्मेवारी निर्वाह गर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC