एजेनसी । यु–१७ विश्वकप फुटबल भोलि (शुक्रबार) देखि भारतमा सुरु हुदैछ । २४ राष्ट्रको सहभागिता रहने विश्वकप भारतले पहिलो पटक आयोजना गर्न लागेको हो ।
शुक्रबारदेखि सुरु हुने विश्वकपमा पहिलो दिन चार खेल हुँदैछन् । उद्घाटन खेलमा समूह ए र बीको खेल हुनेछ । समूह ए रहेको कोलम्बिया र घानाबिच बेलुकी खेल हुनेछ । यी दुई राष्ट्रको खेल जवाहरलाल नेहरु रंगशालामा हुनेछ । त्यस्तै, समूह बी मा रहेको न्यूजील्याण्डले टर्कीसँग भारतको मुम्बईमा प्रतिस्पर्धा गर्नेछ ।
समूह ए अन्तर्गत कै खेलमा आयोजक भारतले अमेरिकासँग राति ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा भारत रहेको छ । समूह बीको अर्को खेलमा शुक्रबार नै दक्षिण अमिरिकी देश पाराग्वेले मालीसँग प्रतिस्पर्धा गर्दैछ ।
यु–१७ विश्वकपका खेलहरु भारतको ६ वटा शहरको ६ रंगशालामा हुदैछ ।