site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल टेलिकमको ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंक पहुँच
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपाल टेलिकमले भदौ ४ गते देखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याइ सेवा उपलब्ध गराउन थालेको छ । त्यस अघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराउँदै आएको छ । 
उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एवीपीएसको लिंकमार्फत ल्याण्डलाइन, जीएसएम, सीडीएमएका टेलिफोन सेवा तथा एडीएसएल, टु जी ईभीडीओ इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुनेछ । साथै भविष्यमा थ्री जी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो । यस अघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यस अघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याएको थियो । कम्पनीले धेरै पहिले देखि नै ७२ वटा जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवाको पहुँच पुर्‍याइरहेकोमा भौगोलिक विकटता समेतका कारण उल्लेखित तीन जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउनु एउटा महत्वाकांक्षी योजनाका रुपमा रहेको थियो । 
नेपाल टेलिकमका प्राविधिक मार्फत भौगोलिक दृष्टिले निकै कठिन उच्च पहाडी क्षेत्रमा ट्रान्समिसन उपकरणहरु जडान गरी सेवा सञ्चालन गरिएको हो । आगामी दिनमा सम्भव भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७३  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC