site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

महोत्तरी । महोत्तरीमा सम्पन्न भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका प्रमुखहरुले एकसय दिनको अवधिमा स्थानीय तहमा आफूले चुनावी घोषणापत्रमा उल्लेख भएकामध्येका सामाजिक परिवर्तन गरेर देखाउने अठोट लिएका छन् । 

बीस वर्षपछि स्थानीयस्तरको विकास गर्नका लागि जनताद्वारा चुनिएका महोत्तरीका नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले अबको एकसय दिनको अवधिमा जनतालाई उपहार दिन तत्परता देखाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लाको सदरमुकाम एवं सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित रहेको जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले अब नगरभित्रका हरेक गल्लीमा एम्बुलेन्स, शववाहन, प्रहरीको गाडी, वारुणयन्त्रजस्ता सवारीसाधन सुलभरुपमा ओहोरदोहोर गर्नका लागि तत्कालै बाटो मर्मत गर्न लगाएको जानकारी दिए । 
शहीद परिवारका लागि अक्षय कोष स्थापना गरी स्थानीयस्तरको हरेक निकायलाई भ्रष्टाचारमुक्त क्षेत्र बनाइने घोषणा उनले गरे । 
यता नेपालमै प्रसिद्ध रहेको एकीकृत नमूना मुसहर बस्ती भएको बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीले आगामी दिनमा नमूना काम गरेर देखाइने प्रतिबद्धता जनाए । अब बर्दिबासमा नयाँ शिराबाट नमूना कामको थालनी गर्ने उनले बताए । 
त्यस्तै, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगर सरसफाइ गर्ने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिए । भ्रष्टाचार र गुण्डागर्दीमुक्त नगरलाई विकसित गरी नगरभित्रमा नै नगर यातायात सञ्चालन गरिने प्रतिबद्धता उनले जाहेर गरे । जनताको नोकर भएर काम गर्ने भन्दै अवश्य नै जनताको हकहितमा नै हरपल अगाडि बढ्ने उनले बताए । 
बीस वर्षपछि जनताले आफूलाई चुनेकाले अब जनतालाई स्थानीयस्तरबाटै सिंहदरबारको कामकाज हरेक वडा कार्यालयबाट छिटोछरितो तवरले गराइने मनरा सिस्वा नगरपालिकाका प्रमुख विनोदकुमार सिंहले धारणा राखे । अबको एकसय दिनमा स्थानीय शासन पूर्णरुपमा लागू गरिने सिंहले तर्क राखे । 
जिल्लाकै अति नै पिछडिएको क्षेत्रका रुपमा परिचित भंगहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइको अनुभूति हुनेगरी कामकाज गरिने प्रमुख सञ्जीवकुमार साहले बताए । विद्यालय सुध्रिए हरेक तह आफैँ सुध्रिने भएपछि आफ्नो पहिलो कर्तव्य शिक्षालाई सुधार्ने रहेको पत्रकारसमक्ष प्रतिक्रिया दिए । 

पिपरा गाउँपालिकाको हरेक चोकचोकबाट अबको १५ दिनभित्र मदिरा, गाँजा सेवन गर्ने कार्य पूर्णरुपमा रोकथाम गरिने प्रमुख विनोद चौधरीले बताए ।  यस्ता कुलतमा फसेर युवायुवती गलत संगतमा फस्दै गएकाले भविष्यका कर्णधारलाई बचाउन हरेक किसिमले आफैँले रोकथामका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाए । 
भ्रष्टाचारी र काममा अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याएर जनतालाई सुलभ र भरपर्दो सुविधा कार्यालयबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने वलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले प्रतिबद्धता व्यक्त गरे । 

Global Ime bank

समाजमा जरा गाडेको सामाजिक कुरीति — बालविवाह, बहुविवाह, जातीय भेदभाव, छुवाछूतलाई अन्त्य गर्नका लागि दशैँ सम्पन्न भएलगत्तै ठोस कार्यनीति अवलम्बन गरी गाउँपालिकाभित्र जनचेतनामूलक कार्यक्रम अगाडि बढाइने प्रमुख राजकुमार यादवले बताए । 
घर घरमा जनचेतनामूलक कार्यक्रम ल्याएर यस्ता कुरीतिलाई आफ्नो कार्यकालभित्र न्यूनीकरण गरेर छाड्ने यादवले धारणा राखे । 
त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीको गृहनगर औरही नगरपालिकाको प्रमुखमा निर्वाचित भएका सुनिलकुमार यादवले हरेक जनताले प्रत्यक्षरुपमा लाभान्वित हुने गरी कार्यसम्पादन गरी परिवर्तन गरिने बताए । इतिहासमै नगरेका कार्य आफ्नो कार्यकालमा गरेर औरहीलाई विकासको दृष्टिकोणले देशभरिमा नै परिचित गराउने धारणा उनले राखे । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC