site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

नान्गाहार प्रान्तको आचिन जिल्लामा घेरा हालेर गरिएको यस हवाई कारबाहीमा परी सात आइएस लडाकू मारिनुको साथै अन्य केही घाइते भएका सो मन्त्रालयले ट्वीटरमार्फत जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अफगानिस्तानको राजधानीबाट १२० किलोमिटर पूर्वमा रहेको यस प्रान्तमा आइएस लडाकू समूहको बलियो प्रभाव रहेको पाइन्छ । यस युद्धग्रस्त देशमा अफगान सेना र प्रहरीले संयुक्त रुपमा आइएस तालिवान आतङ्ककारीविरुद्ध कारबाही गर्दै आएका छन् । 

यद्यपी प्रत्याकर्मण स्वरुप तालिवान र आइएस लडाकूहरुले सुरक्षाबललाई लक्षित गर्दै भीषण बम आक्रमण गर्दै आतङ्क मच्चाउँदै आएका छन् । 

Global Ime bank

सोमबार बिहान सवेरै कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहार सहरमा आतङ्ककारीले गराएको विस्फोटक पदार्थ विस्फेटनमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC