site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अभ्यास खेलमा नेपालको तेस्रो जित, शरदको शतकमा तमिलनाडु १४७ रनले पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि भारतको चेन्नईमा बिशेष प्रशिक्षण गरिरहेका नेपालले तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिबार भएको तेस्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ए लाई १४७ रनले पराजित गरेको हो । मुरुगप्पा क्रिकेट मैदानमा नेपालले दिएको ३१२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ४५ ओभर ३ बलमा अलआउट हुँदै १६४ रनमा समेटियो । अभ्यास खेलमा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले मेलापुरे रिक्रियसन र डिन्डिगुल ड्रयागन्सलाई पराजित गरेको थियो । बिशेष प्रशिक्षणको लागि भारत गएको नेपाली टोलीले अब एक अभ्यास खेल खेल्ने छन् । 

तमिलनाडुका लागि आर सथ्यनारायणले ६७ रनको अर्धशतकिय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । नेपाली बलर हाबी भएको खेलमा तमिलनाडुका अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । सथ्यनारायण बाहेक तमिलनाडुका बर्थले २२ , डी अन्चितले १९ तथा निशान्त १३ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ तथा करण केसी र सुशील कँडेलले समान २ – २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ५ विकेट गुमाएर ३११ रनको उच्च योगफल तयार गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले शतकीय पारी खेल्दा सागर पुन र दिपेन्द्र सिंह एरीको अर्धशतक बनाए । तमिलनाडुविरुद्ध उत्कृष्ट सुरुवात गरेको नेपालको लागि शरदले १०० रन बनाए । तेस्रो विकेटका रुपमा आकाशको बलमा क्याच आउट भएका शरदले ११९ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए । त्यस्तै ओपनर सागरले ९९ बलमा ७७ रन बनाए भने चौथो नम्बरमा ब्याटिङ गर्न आएर दिपेन्द्रले ७३ रन बनाए । 

यू – १९ टोलीका कप्तानसमेत रहेका दिपेन्द्रले बिष्फोटक ब्याटिङ गर्दै ३७ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । नेपालको उच्च स्कोरमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ले ३१ रन बनाए । कप्तान पारस खड्कालाई आराम दिएर ज्ञानेन्द्रलाई कप्तानी दिइएको खेलमा उनले ३७ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । 

Global Ime bank

यस्तै सोमपाल कामी १० रनमा अविजित रहदा किपर ब्याट्सम्यान बिनोद भण्डारीले ७ रन बनाए । तमिलनाडुका भिगनेस रावले दुई तथा आकाश, जपनित र सथ्यनारायणले समान एक एक विकेट लिए । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसँग उसैको मैदानमा आगामी अक्टोबर १३ र १५ मा खेल खेल्ने छ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुबै खेल जित्नै पर्ने हुन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ । त्यस्तै, हङकङ चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजयका साथ ८ अंक छ । त्यस्तै, समान १० खेलबाट ५ खेलमा जित, ४ खेलमा पराजित र एक खेलमा बराबरी भएको हङकङको ११ अंक छ । नेपालले च्याम्पियनसिपको अन्तिम खेलमा युएईसँग खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC