site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मेक्सिको सिटी । मेक्सिकोमा गत मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या करिब तीन सय पुगेको छ । राष्ट्रिय नागरिक प्रवद्र्धन निकायले ७.१ म्याग्निच्युडको भूकम्पमा परी अहिले सम्म मृत्यु हुनेहरुको संख्या २९३ पुगेको शुक्रबार जनाएको छ । 

यस भूकम्पमा मारिएका व्यक्तिहरु आधा भन्दा धेरै अर्थात् १५५ जनाको राजधानी मेक्सिको सिटी रहेका छन् । 

Agni Group

त्यस बाहेक बाँकीको अन्य राज्यहरुमा रहेका छन् । मोरेलोसमा ७३, पुएब्लामा ४५ र म्याक्सीको राज्यमा १३ जनाको मृत्यु भएको छ भने गुएर्रेरोमा ६ जना र ओक्कामा एक जनाको मृत्यु भएको छ । 

खोजी तथा उद्धार कार्यमा संलग्नहरुले अव कसैलाई पनि जिवितै उद्धार गर्न पाइने संभावना न्युन रहेको बताएका छन् । यस भूकम्पका कारण मेक्सिको सहरमा मात्र अझै २०० भन्दा बढी व्यक्ति हराइरहेका बताइएको छ । 

Global Ime bank

राजधानी र अरु कैयौँ सहरमा भूकम्पको कारण भत्किएका भवनको भग्नावशेषहरु हटाउन उद्वारकर्ताहरु लागिपरेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC