राजनीति
कलैया । प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षमा राजपा नेपाल विजयी भएको छ । भोलाप्रसाद गुप्ताले दुई हजार ४३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विनोद जैसवालले दुई हजार ११३ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा राजपाका गीता साहले दुई हजार ५४२ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पिन्कीकुमारी साहले एक हजार ५९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत टीकेन्द्र दाहालले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४ १६:३८
प्रतिक्रिया दिनुहोस्