site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद शेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ । 

धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरसमेत सिर्जना भइरहेको छ । 

नेपाल धितोपत्र बोर्डले बजार विविधिकरणका लागि भन्दै सिद्धार्थ इक्विटी फण्डलाई केही दिन पहिले मात्रै स्वीकृति प्रदान गरेको छ । कूल रु एक अर्ब २० करोड मूल्य बराबरको रु १२ करोड इकाइ बिक्री गर्न लागिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सिद्धार्थ म्युचुअल फण्ड जारी गर्न स्वीकृति दिइएको छ । 

प्रतिइकाइ रु १० दरको रु १२ करोड इकाइमध्ये न्यूनतम रु एक करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम रु १० करोड २० लाख इकाइ सार्वजनिकरुपमा बिक्रीका लागि खुल्ला गरिएको हो । न्यूनतम एक सय इकाइ खरिद गर्नुपर्ने उक्त फण्ड यही असोज २९ गतेबाट खरिदका लागि आवेदन दिन सकिन्छ । 

Global Ime bank

यस्तै बोर्डले विभिन्न पाँच फरक फरक फण्डलाई समेत स्वीकृति दिने तयारी गरेको छ । बोर्डले हाल अध्ययन गरिरहेको ती फण्डको कूल मूल्य रु चार अर्ब ९० करोड बराबरको इकाइ रहेको छ । 

कूल रु ४९ करोड इकाइ स्वीकृतिको चरणमा रहेको बोर्डका सहायक प्रवक्ता डा नवराज अधिकारीको भनाइ छ । ग्लोबल आइएमई ब्यालेन्स फण्ड– १ मा लगानीकर्ताले रु एक अर्ब २० करोड बराबरको १२ करोड इकाइ खरिद गर्न सक्नेछन् । 

यस्तै सानिमा इक्विटी फण्डको रु एक अर्ब २० करोड मूल्य बराबरको १२ करोड इकाइ, सिटिजन म्याचुल फण्ड– १ को रु एक अर्ब मूल्य बराबरको १० करोड इकाइ, एनआइसी एशिया ग्रोथ फण्डको रु एक अर्ब मूल्यको १० करोड इकाइ र एनआइबिएल सहभागिता फण्डको रु ५० करोड मूल्य बराबरको पाँच करोड इकाइ खरिद गर्न सकिनेछ । 

साधारण शेयर रु १०० मा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य रु १० रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ । लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ । 

नेपाल राष्ट्र बैंकले बेलाबेलामा विकास ऋणपत्रको कारोबार गर्ने गरेको छ भने सोही प्रक्रिया अपनाएर विभिन्न कम्पनीले म्युचियल फण्डको कारोबार गर्न थालेको र त्यसलाई विविधकरण गर्न लागिएको बोर्डको भनाइ छ । 

पाँच कम्पनीले ७८ करोड बोनस दिने 

धितोपत्र बोर्डमा विभिन्न पाँच कम्पनीले शेयरधनीलाई बोनस दिने जानकारी गराएका छन् । बोर्डकाअनुसार ती कम्पनीले रु ७८ करोड ८८ लाख २९ हजार २७५ मूल्य बराबरको बोनस शेयरधनीलाई प्रदान गर्न लागेका छन् । 

कूल ७८ लाख ८८ हजार २९२ कित्ता शेयरको उक्त परिमाणको बोनस दिन लागिएको हो । 

बोर्डकाअनुसार सांग्रिला विकास बैंकले १६ दशमलव ०७ प्रतिशत, भार्गाव विकास बैंकले २० प्रतिशत, सेती फाइनान्सले नौ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले २० प्रतिशत, कालिका माइक्रोफाइनान्सले ६५ प्रतिशत, लाइफ इनसुरेन्स कर्पोरेशनले २४ दशमलव ८० प्रतिशत बोनस प्रदान गर्न लागेको हो । 

आव २०७३÷७४ मा आर्जन गरेको कूल नाफाबाट शेयरधनीलाई बोनस दिन लागिएको सम्बन्धित कम्पनीले जनाएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ७, २०७४  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC