site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यु–१८ साफ च्याम्पियनसिपः  माल्दिभ्समाथि नेपालको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० ले पराजित गरेको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन रोमन लिम्बु र रजिन सुब्बाले गोल गरेका थिए ।  नेपालले दुवै हाफमा एक–एक गोल गरेको थियो । माल्दिभ्सविरुद्ध एकतर्फी खेल खेलेको नेपालले पहिलो हाफको छैटौं मिनेटमा रोमनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफमा १ – ० ले अघि रहेको नेपालले दोस्रो हाफमा थप एक गोल गर्यो ।  खेलको ५७ औं मिनेमा रजिनले गोल गर्दै नेपाललाई २ – ० को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम मिनेटमा नेपालले अग्रता तेब्बर बनाउने मौका पाएको थियो । तर, खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमा नेपालका अविशेक रिजाल गोल गर्नबाट चुके । उनको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । 

माल्दिभ्समाथिको जितसँगै नेपालले दुई खेलमा ३ अंक जोडेको छ । नेपाल पहिलो खेलमा बुधबार भुटानसँग १–० गोलअन्तरले पराजित भएको थियो । राउण्ड रोबिनमा जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले अब सोमबार  बंगलादेशसँग खेल्ने छ ।

Global Ime bank

त्यस्तै नेपालले अन्तिम खेल भारतसँग बुधबार  प्रतिस्पर्धा गर्नेछ । लिगको शिर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छन् । त्यस्तै अंकको उपविजेता र तेस्रो स्थानको निर्णय हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC