site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोवाइलमा ब्लुटुथ अन छ ? ह्याक होला ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । मोबाइल फोनको ब्लुटूथ अन राख्नु खतरनाक हुने एउटा शोधबाट पत्ता लागेको छ । सुरक्षा कम्पनी अर्मिसका शोधकर्ताहरुको एक समूहले एउटा यस्तो मालवेयरको खोज गरेको छ, जसले ब्लुटुथसँग जोडिएका डिभाइसमाथि हमला गर्न सक्छ । 

शोधका अनुसार उक्त मालवेयरले स्मार्टफोनलाई मात्रै नभएर टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पीकर र कारहरुमाथि समेत अट्याक गर्न सक्छ ।

रिपोर्टअनुसार संसारमै कम्तिमा ५.३ अर्ब डिभाइसमा ब्लुटूथ प्रयोग गरिएका छन् । ब्लुबर्न नामक उक्त मालवेयरको माध्यमबाट ह्याकरहरुले ती डिभाइसहरुलाई आफ्नो नियन्त्रणमा लिन सक्छन् । शोधले जसको ब्लुटुथ अन हुन्छ, त्यस डिभाइस मार्फत मोबाइल डाटा सजिलै चोरी हुन सकिने उल्लेख गरेको छ ।

Agni Group

शोधका अनुसार उक्त मालवेयरको हमला निकै गम्भिर हुनसक्छ । यसको माध्यमबाट ह्याकरले आफ्नो डिभाइसमा भाइरस पठाएर तपाईंको डाटा चोर्नसक्छ ।

ब्लुजेकिङको माध्यमबाट पनि ब्लुटुथसँग जोडिएका कतिपय डिभाइसहरुलाई एकैपटक स्पेम पठाउन सक्छ । यसमा पर्सनल इलेक्ट्रोनिक कार्डको माध्यमबाट म्यासेज पठाइन्छ, जुन एउटा नोट वा कन्टेक्ट नम्बरको रुपमा हुने बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । 

Global Ime bank

ब्लुस्नार्फिङ पनि खतरनाक हुने शोधले देखाएको छ । यसको माध्यमबाट सूचनाहरु पनि चोरी गरिन्छ । यसको प्रयोग भने खासमा फोनबुक र डाटा चोर्नको लागि गर्ने गरिएको छ । यसको माध्यमबाट निजी म्यासेज र फोटो पनि चोर्न सकिने बताइन्छ  । यद्यपि यसको लागि ह्याकरलाई भने प्रयोगकर्ताको १० मिटरको दुरीमा हुनु आवश्यक हुन्छ ।

सुरक्षित हुने केही उपाय

१. माइक्रोसफ्ट, गुगल र लिनक्सले ब्लुबर्नको माध्यमबाट प्रयोगकर्तालाई बचाउने उद्देश्यले पेच रिलिज गरेको छ, जसलाई इन्स्टल गर्दा बच्न सकिन्छ ।

२. आधुनिक उपकरणहरुमा ब्लुटूथ कनेक्टिभिटीको लागि कन्फरमेसन कोड आवश्यक हुन्छ, त्यसको प्रयोगले पनि बच्न सकिन्छ । 

३. मोड २ ब्लुटूथको प्रयोग सुरक्षित मानिन्छ ।

४. आफ्नो डिभाइस ब्लुटुथ नामलाई हिडन मोडमा राख्नु उपयुक्त हुनेछ ।

५. प्रयोग नगरिएको अवस्थामा ब्लुटूथ बन्द राख्दा राम्रो हुन्छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC