राजनीति
राजविराज । डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजयी भएको छ ।
राजपाका शिवनारयाण साह तीन हजार ८८० मत ल्याएर प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले तीन हजार ५३९ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा राजपाकै इन्द्रनारायण यादव तीन हजार ८५६ मत ल्याएर विजयी भएको तथा प्रतिद्वन्द्वी कांग्रेसका राजकुमारी पण्डितले तीन हजार ५६९ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४ १८:५०
प्रतिक्रिया दिनुहोस्