site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दोस्रो अभ्यास खेलमा नेपालको जित, ज्ञानेन्द्र मल्लको शतक
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि भारतको चेन्नाइमा तयारी गरी रहेको नेपालले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । नेपालले मेलापुरे रिक्रेयसन क्लबलाई ५२ रनले पराजित गरेको हो ।

भारतको चेन्नाईस्थित एसआरएम युनिभर्सिटी मैदानमा नेपालले दिएको २५२ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको मिलापुरे रिक्रेयसन क्लबले ८ विकेटको क्षतिमा १९९ रन मात्र बनाउन सक्यो । 

Agni Group

मेलापुरे रिक्रेयसनका लागि आर विवेकले ३८, सुधन सञ्जिवले ३७ र एमडी आशिफले ३३ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरी, सुसन भारी र सागर पुनले समान २–२ विकेट लिए । त्यस्तै, सन्दिप लामिछानेले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन बनाएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले । रिटायर्ड हर्ट हुनुभन्दा पहिले उनले १२३ बलमा १०० रन बनाएका थिए । १३ चौका १ छक्का प्रहार गरेका थिए । त्यस्तैै, नेपालका लागि शरद भेषवाकरले ४८, सागर पुनले २५, कप्तान पारस खडकाले २२ र करण केसीले २० रन बनाए । त्यस्तै, सोमपाल कामीले १६ रनको योगदान दिए । एम गणेश मोर्थी, अभर रथनाम र हरिशले समान २–२ विकेट लिए ।

Global Ime bank

नेपालले अक्टोबर १३ देखि १५ सम्म हङकङको घरेलु भूमिमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुबै खेल जित्नै पर्ने हुन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ । त्यस्तै, हङकङ चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजयका साथ ८ अंक छ । त्यस्तै, समान १० खेलबाट ५ खेलमा जित, ४ खेलमा पराजित र एक खेलमा बराबरी भएको हङकङको ११ अंक छ । नेपालले च्याम्पियनसिपको अन्तिम खेल यसै वर्ष युएईसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC