site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘किंग्सम्यान’ नेपाल एक्सक्लुसिभ प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । हलिउड फिल्म किङ्सम्यानः द गोल्डेन सर्कल नेपाली फ्यानमाझ प्रदर्शन गरिएको छ । एप्पल इन्टरटेनमेन्टले बुधबार बेलुका क्यूएफएक्स लबिम हलमा फिल्म प्रदर्शन गरेको हो । 

शुक्रबार यो स्पाइ, एक्सन र कमेडी जानराको फिल्म अमेरिका, नेपाल र भारतसहित विश्वव्यापी रिलिज हुँदैछ । शुक्रबारदेखि नेपालभरका मल्टिप्लेक्सहरुमा म्याथ्यु भगन निर्देशित सिनेमा रिलिज हुँदैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

एप्पल इन्टरटेनमेन्ट हलिउड वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र सोनीको नेपालस्थित आधिकारिक वितरक हो । 

एप्पलले किङ्सम्यानका डाइहार्ड फ्यान छनोट गर्दै उनीहरुमाझ फिल्म प्रदर्शन गरेको थियो । रेडकार्पेटमा फिल्मका पात्रहरुले लगाउने चस्मा, छाता, ह्याट, बटरफ्लाइ टाइमा समेत फ्यान ठाँटिए । गोलाप्रथा मार्फत भाग्यशालीलाई टिसर्ट बाँडिएको थियो ।  

Global Ime bank

‘हाम्रो उद्देश्य अमेरिका रिलिजसँगै नेपाल प्रदर्शन पनि गर्नु हो’ एप्पल प्रमुख जेनिस पहारीले भनिन्, ‘पछिल्लो समय बदलिएको दर्शकीय स्वाद र बजार ट्रेन्डप्रति हामी सचेत छौं । सोहीअनुसार योजना बनाइरहेका छौं । 

एप्पलले यसअघि सुपरहिरो फिल्म लोगन, एनिमेटेड ड्रामा बोब बेबी र स्पाइडरम्यान: होम कमिङ रिलिज गरेको थियो । कलिन फर्थ, जुलियाना मुरे, टारोन एगर्टन, मार्क स्ट्रंग, हेल बेरी लगायतको मुख्य भूमिका छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC