site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्वर्गीय फुटबल कप्तान तथा फिफा रेफ्री शर्माको स्मृतिमा साईक्लिङ प्रतियोगिता हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । विमान दुर्घटनामा निधन भएका पुर्व कप्तान तथा फिफा रेफ्री रुपकराज  शर्माको स्मृतिमा साईक्लिङ प्रतियोगिता हुने भएको छ  । रुपक मेमोरियल फाउन्डेसनले विमान  दुर्घटनामा निधन भएकाहरुलाई श्रदान्जली दिने उदेश्यले साईक्लिङ प्रतियोगिता आउने शनिबार  प्रतियोगिता आयोजना गर्ने भएको हो  ।

साईक्लिङ प्रतियोगिता २५ किलोमिटरको हुने छ ।  साईक्लिङमा १५० भन्दा बढी राइडरहरुको सहभागिता रहने छ । साईक्लिङ  सातदोबाटोस्थित मेमोरियलको भवनबाट सुरु भएर ललितपुर लेलेस्थित पीआईए स्मृति पार्कमा पुग्ने छन्  । त्यहाँ विमान दुर्घटनामा निधन भएकाहरुलाई सम्झदै क्यानडल लाइट र केहि अन्तरक्रियाको आयोजना गरिने छ । त्यसपछि पुन साइकल राइडरहरु सातदोबाटोमा आउने छन् । साईक्लिङ विभिन्न समयमा विमान दुर्घटनामा पारी ज्यान गुमाएकाहरुका परिवारहरु समेत सहभागी हुने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानी एयरलाइन्स दुर्घटना भएको २५ औं वार्षिकोत्सवको अवसर पारेर फाउन्डेसनले साईक्लिङ प्रतियोगिता आयोजना गरेको हो । ललितपुरस्थित भट्टेडाँडामा सन् १९९२ को सेप्टेम्बरमा भएको पाकिस्तानी एयरलाइन्सको विमान दुर्घटनामा पुर्व कप्तान तथा फिफा रेफ्री शर्माको निधन भएको थियो । दुर्घटनामा शर्मासहित १६७ जना यात्रुहरुको निधन भएको थियो । उक्त दुर्घटनामा विमान दुर्घटनाको सयौ दुर्घटना समेत रहेको थियो । विस २०३० देखि ४२ सम्म नेपाली राष्ट्रिय टिमका कप्तानको जिम्मेवारी सम्हालेका शर्मा २०४३ सालमा प्रथम फिफा रेफ्रि बनेका थिए ।

साईक्लिङको दौरान विमान दुर्घटना र यसको रोकथामबारे अन्तरक्रिया हुने छन् । अन्तरक्रियामा हवाई विज्ञहरुको उपस्थिति रहने समेत फाउन्डेसनका सचिव क्रिश्मा शर्माले जानकारी दिईन् । स्वर्गीय शर्माकी छोरी समेत रहेकी सचिब शर्माले भनिन् , “हवाई असुरक्षा अहिले पनि  बढी रहेको छ, त्यसैलाई कसरी सुरक्षित बनाउने भन्ने उदेश्य र  हवाई सुरक्षाबारे जनचेतना फैलाउन साईक्लिङको आयोजना गरेका हौ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC