site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको अदालतमा विचाराधीन कुनै मुद्दामा भारतीय दूतावासले लेखेको पत्र अदालतसम्म पु¥याउने सरकारी अधिकारीहरूमाथि कारबाही नगर्ने हो भने नेपालको सार्वभौमसत्ता र न्यायालयको स्वतन्त्रतामाथि अतिक्रमण गने दुश्चेष्टा दोहोरिई रहनेछ । वैदेशिक मुद्रा अपचलनमा पक्राउ परेर नेपालको कानुनबमोजिम मुद्दा चलाइएको अभियुक्तका पक्षमा सहानुभूतिपूर्वक विचार गर्न भारतीय दूतावासले परराष्ट्र र गृह मन्त्रालय लेखेको पत्र अदालतसम्म पुगेछ । यसैबीच अभियुक्तलाई बीचैमा धरौटीमा छाडी भाग्ने मौका पनि दिइएछ । भक्तपुर जिल्ला अदालतले न्याय सम्पादनमा हस्तक्षेप नगर्न सम्बन्धित अधिकारीको ध्यानाकर्षण गर्दै चेतावनी नदिएको भए सायद यति गम्भीर काण्ड सामसुम भएर जान्थ्यो । यस समाचारले भारतीय दूतावासमात्र हैन परराष्ट्र र गृह मन्त्रालयका अधिकारीहरूको पनि पोल खुलेको छ । भारतस्थित नेपाली दूतावासले भारतको अदालतलाई अभियुक्तप्रति सहानुभूति राख्न आग्रह गरेर पत्र पठाएमा भारतका लागि स्वीकार्य हुनसक्छ ? के यस्तै हस्तक्षेप अरू मुलुकले भारतमा गर्न खोजे भने भारतले सहनेछ त? यस घटनाले अरू कतिपय दूतावासका कर्मचारीले पनि यस्तै वा अन्य प्रकारले अनुचित हस्तक्षेप गरेको हुनसक्ने सन्देह बढाएको छ ।  

यस प्रकरणमा पहिलो त भारतीय दूतावासका कर्मचारीले नेपालको आन्तरिक मामिलामा अपराधीका पक्षमा हस्तक्षेप गर्ने प्रयास गरेको र दोस्रो, नेपालको न्यायालयको स्वतन्त्रताको अवज्ञा गर्ने दुश्चेष्टा समेत गरेको देखिन्छ । काठमाडौंस्थित भारतीय दूतावास नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्न अघि सर्नेमा बदनामै छ । नेपालप्रति भन्दा दूतावासप्रति निष्ठावान् देखिने राजनीतिक दलका नेता, कर्मचारी र कथित बुद्धिजीवीहरूका कारण अब न्याय सम्पादनमा समेत हस्तक्षेप गर्न अग्रसर भएको देखियो । यस प्रकरणमा भारतीय दूतावासको ‘आदेश‘ शिरोपर गरेर कानुन कार्यान्वयन र न्याय सम्पादन गर्ने निकायमा पत्राचार गर्न र अभियुक्तलाई भगाउन संलग्न नेपाल सरकारका कर्मचारीहरू कर्तव्याकर्तव्यको ख्याल नभएका अयोग्यमात्रै हैन नेपालको संविधान र सार्वभौमसत्ताको अवज्ञा गर्ने अपराधी पनि हुनपुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय दूतावासका उच्चअधिकारीहरूको जानकारीबिना पनि यस्तो पत्राचार गरिएको हुनसक्छ । कारण, भ्रष्टाचारका मामिलामा भारतका सरकारी कर्मचारी पनि नेपाली कर्मचारीभन्दा कम छैनन् । त्यति ठूलो मात्रामा विदेशी मुद्रा साथमा लिएर हिँड्ने व्यक्ति कि त तस्कर हुनुपर्छ नभए कुनै गोप्य ‘मिसन‘मा हिँडेको जासुस । उद्यमी व्यवसायीले त्यसरी नगद लिएर हिँड्ने चलन अहिले छैन । त्यसअवस्थामा अभियुक्तका तर्फबाट पैसाको प्रलोभन दिएर पत्र लेखाइएको पनि हुनसक्छ । दूतावासका उच्चअधिकारीको संलग्नता छैन सार्वजनिकरूपमा जानकारी दिएर सम्बन्धित कर्मचारीमाथि कारबाही गर्नुपर्छ । जे भए पनि नेपाल सरकारले भक्तपुर जिल्ला अदालतको अाशय अनुरूप भारतीय दूतावासलार्इ अाइन्दा त्यसाे नहोस् भनेर पत्राचार गनुर्छ । नेपालका परराष्ट्र र गृह मन्त्रालयका सम्बन्धित अधिकृतहरूमाथि छानबिन गरी कडा कारबाही गरिनुपर्छ । जानजान वा कुनै प्रलोभनमा परेर दूतावासको पत्र अदालतमा पठाएका हुन् भने त्यस्ता कर्मचारीलाई तत्काल सेवाबाट हटाउनुपर्छ । नजानेर वा पत्रको गम्भीरता नबुझेर न्यायिक प्रक्रियामा विदेशी हस्तक्षेपलाई सहयोग गरेका हुन् भने उनीहरूलाई विभागीय कारबाही गरेर नसिहत दिनु उचित हुनेछ । नेपाल सरकारले यस विषयलाई भारतसँग उच्चकूटनीतिक माध्यममार्पmत् उठाएर संवादको जानकारी नेपाली जनतालाई दिनु आवश्यक छ । यस्ता घटनालाई मामुलीभन्दै उपेक्षा गर्ने प्रवृत्ति कायम रह्यो भने त्यसको परिणाम भयावह हुनसक्छ ।
   

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC