site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदीको विकास नीतिमा केले गर्दैछ अवरोध ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अर्थव्यवस्थामा नयाँ ऊर्जा थप्न ‘ब्लुप्रिन्ट’ ल्याउने भएको छ । भारतको एक अंग्रेजी अखबार बिजनेस स्ट्याण्डर्डमा प्रकाशित यो खबर अहिले चर्चामा छ । मे २०१४ मा मोदी प्रधानमन्त्री बनेयता अहिले भारतको अर्थव्यवस्था सबैभन्दा सुस्त गतिमा गुज्रिरहेको बताइएको छ । 

अप्रिल–जुन २०१४ मा भारतको स्वदेशी उत्पादन ५.७ प्रतिशत वृद्धि भएको थियो । जनवरी–मार्च २०१४ मा स्वदेशी उत्पादन ९.१ प्रतिशत वृद्धि भएको थियो । यसअघि भारतीय अर्थ व्यवस्थाले मनमोहन सिंह सरकारको पालामा जनवरी–मार्च २०१४ मा ६.३ प्रतिशतभन्दा थोरै वृद्धि भएको थियो । सरकारले सामान्यभन्दा बढी लगानी गरेपछि ५.७ प्रतिशतको स्वदेशी उत्पाद दर बढेको बिबिसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अक्सफोर्ड विशवविद्यालयका अर्थशास्त्री विजय जोशीले ‘इण्डियाज लङ रोड– द सर्च फर प्रस्परिटी’ मा लेखेका छन्, ‘‘लामो समयसम्म चक्रवृद्धि ब्याजले प्रतिव्यक्ति आयको दरमा पनि परिवर्तन ल्याएर प्रत्येक व्यक्तिको आम्दानी ठूलो भिन्नता ल्याउँदछ ।’’ 

जोशीले ‘तीन प्रतिशत वार्षिक वृद्धिदरले प्रतिव्यक्ति आय दुई गुणा हुने बताएका छन् । त्यसपछि भारत र चीनमा प्रतिव्यक्ति आय बराबर पुग्नेछ । ६ प्रतिशतको वृद्धिदरले प्रतिव्यक्ति आय चार गुणा बढ्नेछ । यदि आम्दानी प्रति वर्ष ९ प्रतिशतका दरले बृद्धि भए आठ गुणा हुनेछ र भारतको प्रतिव्यक्ति आम्दानी उच्च आय भएका देशहरुको बराबरी हुने छ । यसैबाट सहजै अनुमान लगाउन सकिन्छ, उच्च उत्पादन दर महत्वपूर्ण छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC