site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलको खुद नाफा ३५ प्रतिशत बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ३५ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन आजियाटा गु्रप बर्हादले हालै सार्वजनिक गरेको २०१७ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन) को वित्तीय प्रतिवेदनले यो देखाएको हो ।  

कम्पनीका अनुसार दोस्रो त्रैमासिकमा एनसेलको खुद नाफा मलेसियन रिङ्गेट २०.९८ करोड अर्थात ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा कम्पनीको आय ३.९ प्रतिशतले वृद्घि भएको छ । फोरजी सेवा सञ्चालनपछि डाटा सेवामा भएको ११.५ प्रतिशतको वृद्घि र कम्पनीले ल्याएका विभिन्न अफरहरुको योगदानको कारण नाफा बढेको कम्पनीले बताएकोे छ । 

त्यस्तै एनसेलको सञ्चालन मुनाफासमेत ३.५ प्रतिशत बढेको छ । नेपालको एनसेल, क्याम्बोडियाको स्मार्ट र श्रीलंकाको डायलगको प्रमुख योगदानमा आजियाटा गु्रपकै संचालन मुनाफा १२.४ प्रतिशतले बढेको आजियाटाको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा गिरावट आएपनि जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी र कम्पनीका विविध अफरहरुले गर्दा एनसेलको आयमा सकारात्मक प्रभाव परेको आजियाटाले जानकारी दिएको छ ।  

हाल एनसेलको फोरजी सेवा देशका विभिन्न १९ सहरहरुमा संचालनमा रहेकोे छ । सस्तो दरमा सेवा प्रदान गर्न कम्पनीले ‘वान प्लान’ नामक अफर र न्यूनतम २ पैसा प्रतिएमबि इन्टरनेट सेवा लिन सकिने नयाँ डाटा प्याकहरु प्रदान गर्दै आएको जनाएको छ ।

Global Ime bank

एनसेलको डाटा खपत गत वर्ष सोही समयको तुलनामा साढे दुई गुणाले बढेर ६८ लाख जिबी पुगेको छ । कम्पनीले जनाए अनुसार अघिल्लो वर्ष सोही अवधिमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी मात्र थियो । डाटा खपतमा वृद्घिसँगै कम्पनीको डाटाबाट हुने आयमा समेत १६.९ प्रतिशतले वृद्घि भएको आजियाटाको भनाइ छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा डाटा आयको योगदान १७.५ प्रतिशत रहेको जनाइएको छ । कम्पनीका अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् । एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेको कम्पनीको दावी  छ ।

समीक्षा अवधिमा एनसेलका डाटा ग्राहकले प्रतिमहिना ३४१ एमबि डाटा उपभोग भएको कम्पनीले बताएको छ । जो गत वर्ष सोही अवधिमा प्रतिग्राहक प्रतिमहिना डाटा उपयोग १६० एमबि मात्र थियो । 

पहिलो पटक एनसेलले जेठ १८ मा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउँदै आएको कम्पनीको भनाइ छ  ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC