site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आवको पहिलो महिनामै २७ प्रतिशत बढ्यो व्यापारघाटा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालू आर्थिक वर्ष २०७४–०७५ को पहिलो महिना साउनमा करिब २७ प्रतिशत व्यापार घाटा बढेको छ । गएको आर्थिक वर्षको साउनको तुलनामा चालू आर्थिक वर्षको सोही महिनामा २६. ५५ प्रतिशतले व्यपार घाटा बढेको हो ।

मुख्य गरी भारत, चीन, बेलायत, अमेरिका, टर्की, फ्रान्स, अर्जेन्टिनालगायत देशहरुसँग व्यापार भएको देखिन्छ । भान्सार विभागले जनाएअनुसार गएको आर्थिक वर्षको पहिलो महिनामा ७७ अर्ब ११ करोड रुपैयाँको कुल व्यापार भएकोमा ७० अर्ब १६ करोड रुपैयाँको आयात गरिएको थियो । चालू आर्थिक वर्षको सोहि अवधिमा ९३ अर्ब ४१ हजारको व्यापार भएकोमा ८६ अर्ब ७० करोड रुपैयाँको आयात भएको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्यात भने गएको वर्षको तुलनामा करिब ४ प्रतिशतले घटेको छ । गएको वर्षको साउन महिनामा ६ अर्ब ९५ करोड रुपैयाँको निर्यात भएकोमा यो वर्ष सोहि अवधिमा ६ अर्ब ७० करोड रुपैयाँको मात्रै विभिन्न मुलुकमा निर्यात भएको छ ।

चालू वर्षको पहिलो महिनाको अवस्थालाई नियाल्दा निर्यातको तुलनामा आयात १३ गुणा बढी देखिन्छ । त्यस्तै कुल व्यापारको करिब ९३ प्रतिशत हिस्सा अयातको छ भने ७ प्रतिशत हिस्सा मात्रै निर्यातको छ । 

Global Ime bank

गएको वर्ष यसै अवधिमा हालको भन्दा केहि कम अयात र निर्यातको रेसियो देखिन्छ । जसमा निर्यातभन्दा आयात १० गुणा, कुल व्यापारमा अयातको हिस्सा ९१ प्रतिशत र निर्यातको हिस्सा ९ प्रतिशत थियो ।

सबैभन्दा बढी आयात भारतबाट
व्यापार भएका प्रमुख मुुलुकहरु मध्ये सबैभन्दा बढी भारतबाट आयात भएको छ । भारतबाट मात्रै चालु आर्थिक वर्षको पहिलो महिनामा कुल व्यापार भएमध्येबाट ५५ अर्ब ७२ करोड अर्थात ६४ प्रतिशत आयात भएको देखिन्छ । विभागको तथ्याङ्क अनुसार त्यस्तै चीनबाट १३ प्रतिशत, अर्जेन्टीनाबाट ३ प्रतिशत, फ्रान्सबाट २ र अन्य देशहरुबाट १८ प्रतिशत रहेको छ  । 

निर्यातमा पनि सबैभन्दा बढी भारतमा भएको छ । जसमा ३ अर्ब ६३ करोड अर्थात ५४ प्रतिशत निर्यात भरतमा भएको हो । त्यसपछि १३ प्रतिशत अमेकिरा, ६ प्रतिशत टर्की, ४ प्रतिशत बेलायत र २३ प्रतिशत अन्य देशमा भएको देखिन्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC