काठमाडौं । लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break - Spades) तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak - Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको छ । यो लिंक https://goo.gl/w1s2G2 मार्फत् तत्काल डाउनलोड गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल मानिन्छ ।
यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (Multi Player - मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सकिने हाम्रो पात्रोले जनाएको छ ।
अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिने हाम्रो पात्रोका तर्फबाट सन्तोष कुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनकालागि मात्र भएको पनि विज्ञप्तिमा उल्लेख छ ।