site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
खुट्टा धोएर जनप्रतिनिधिको स्वागत ! 
Sarbottam CementSarbottam Cement

आज घटस्थापना । नेपालीहरूको महत्त्वपूर्ण चाड बडादसैंको नवरात्र आजदेखि सुरु भएको छ । चाडको उत्साहसँगै मध्य तराईअन्तर्गत प्रदेश नं.२ मा गत २ गते सम्पन्न स्थानीय तह निर्वाचनका परिणामहरूले सिर्जना गरेको उल्लास र उमंगको वातावरण पनि देशभरि चर्चाको विषय बनेको छ । यस प्रदेशमा भएको निर्वाचनका परिणामहरू धमाधम प्राप्त भैरहेका छन् र त्यसबारे अनेकौं टीकाटिप्पणी र मन्थनको क्रम चलिरहेको छ । प्रदेश नं.२ का १३६ स्थानीय तहमध्ये बुधबार रातिसम्म प्राप्त मतपरिणाम हेर्दा नेपाली कांग्रेसले अग्रता लिने निश्चितजस्तै देखिएको छ भने दोस्रोका लागि तीव्र प्रतिस्पर्धा छ । बुधबार मध्यरातिसम्ममा कांग्रेसले ४५, फोरमले २५, राजपाले २३, एमालेले २१, माओवादीले १७ र लोकतान्त्रिक फोरमले ३ तहमा अग्रता पाएका छन् । 

यस प्रदेशका जनता निर्वाचनका लागि कति आतुर रहेछन् र उनीहरूले जनप्रतिनिधिको मूल्यलाई कति धेरै महत्त्व दिएका रहेछन् भन्ने कुरा निर्वाचित जनप्रतिनिधिहरूलाई उनीहरूले गरेको स्वागतबाट स्पष्ट हुन्छ । प्रदेश नं.२ का जनताले आफ्ना जनप्रतिनिधिलाई गरेको स्वागतको शैलीले त्यस क्षेत्रको विशिष्ट पहिचान पनि झल्काएको छ । उनीहरूले यति तन्मयतापूर्वक जनप्रतिनिधिको स्वागत गरेका छन्, यस्तो स्वागत स्थानीय तहका अघिल्ला दुई चरणका निर्वाचनमा कुनै प्रदेशमा पनि भएको थिएन । 

कान्तिपुर टिमले ‘जनप्रतिनिधि पाउँदा स्थानीय दंग’ शीर्षकमा लेखेको कान्तिपुरको अग्रभागमा प्रकाशित समाचारमा धनुषाको हंसपुर नगरपालिकामा विजयी राजपाका मेयर रामज्ञान मण्डलको खुट्टा धोएर जनप्रतिनिधिको स्वागत गरिएको सचित्र विवरण छ । समाचारमा भनिएको छ, ‘‘प्रदेश २ मा भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बुधबार रातिसम्म घोषित परिणामअनुसार धनुषाको एक नगरपालिकामा राजपा र सिरहाको एक नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै जितेका छन् । जनप्रतिनिधि पाएका स्थानीय तहका बासिन्दा हर्षित भएका छन् । उनीहरूले विजयी प्रतिनिधिलाई उल्लासमय तरिकाले स्वागत गरेका छन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुरले बुधबार रातिसम्म प्राप्त विभिन्न जिल्लाको मतपरिणामसहित यससम्बन्धी थप समाचार र तस्बिर भित्री पृष्ठहरूमा दिएको छ ।

नयाँ पत्रिकामा योगेश ढकालले लेखेको ‘फोरमलाई उत्साहजनक मत, राजपालाई औसत’ शीर्षक समाचार मुख्य छ । समाचारमा निर्वाचन परिणामको प्रारम्भिक जानकारीसहित त्यसको छोटो विश्लेषणसमेत गरिएको छ । सोही समाचारअन्तर्गत अलग अलग उपशीर्षकमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रतिक्रियासमेत दिइएको छ । उपेन्द्रले प्रमुख दलहरूले निर्वाचनमा पैसाको खोलो बगाएको आरोप लगाएका छन् भने महतोले राजपाले निर्वाचन तयारीको समय नै नपाएको टिप्पणी गरेका छन् ।

Global Ime bank

अन्नपूर्ण पोस्टमा ‘राजपा र माओवादीको विजयी सुरुवात’ शीर्षक दिई प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मतपरिणामसम्बन्धी समाचारलाई महत्त्वका साथ लेखिएको छ । समाचारअनुसार मतगणना सुस्त भएकाले परिणाम आउन केही दिन लाग्ने देखिएको छ ।

राजधानीमा टेनिस रोकाले लेखेको ‘दोस्रोका लागि चार दलबीच टक्कर’ शीर्षक समाचार मुख्य बनेको छ । समाचार प्रदेश नं.२ को निर्वाचन परिणामसँग सम्बन्धित छ । 

आजको नागरिक दैनिकमा ‘कांग्रेसको अग्रता कायमै’ शीर्षकमा मुख्य समाचार प्रकाशित छ । नागरिकले ८ वटा जिल्लामा कुन पार्टीको अवस्था कस्तो छ भन्ने विवरणसहितको समाचार प्रस्तुत गरेको छ ।

यस्ता छन् आजका अन्य महत्त्वपूर्ण समाचारहरू ! 

कान्तिपुरमा मकर श्रेष्ठले लेखेको ‘सार्वजनिक शिक्षा २५ वर्ष पछाडि धकेलियो’ शीर्षक समाचार मुख्य  छ । समाचारमा नयाँ र योग्य शिक्षकको प्रवेश रोक्दै अस्थायी शिक्षकलाई नै स्थायी बनाउने गरी सामुदायिक विद्यालयलाई थप धराशायी बनाउने आशयले गरिएको शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउँदै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्लेले राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्य पदबाट राजीनामा दिएको उल्लेख छ ।

नयाँ पत्रिकामा जीवन बस्नेतले ‘तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको प्रस्ताव’ शीर्षक दिई खासा–ओलाङचुङगोला रुट बन्द भए तातोपानी नाका स्वतः नखुल्ने उल्लेख गर्दै चीनको प्रस्तावमा नेपाल सहमत हुन नसकेपछि प्रोटोकल सम्झौता रद्द भएको समाचार लेखेका छन् ।

नयाँ पत्रिकाको सोही समाचारअन्तर्गत ८८ किलो सुन तस्करी प्रकरणमा ‘मुख्य नाइके चीन भाग्न सफल, काठमाडौंका पाँच पसले पक्राउ’ शीर्षकको नवराज मैनालीलिखित समाचार छ । 

यो समाचारलाई कान्तिपुरको मुखपृष्ठको अन्त्य भागमा प्रकाशित ‘८८ केजी सुन तस्करी प्रकरणमा पाँच व्यवसायी पक्राउ, यार्चा लाँदै सुन ल्याउँदै’ शीर्षकको जनकराज सापकोटालिखित समाचारले पनि पुष्टि गर्छ ।      

अन्नपूर्ण पोस्टमा ‘धनाढ्य मन्त्रीहरू’ शीर्षक समाचार मुख्य छ र यसमा २१ मन्त्री र पाँच राज्यमन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक गरिएको जानकारी छ । यसअनुसार उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ अर्बपति देखिएका छन् भने केही मन्त्री करोडपति छन् । ३२ मन्त्रीको विवरण सार्वजनिक हुन बाँकी छ । 

अन्नपूर्ण पोस्टले अघिल्लो दिन प्रकाशित अदालतलाई भारतीय दूतावासको पत्रसम्बन्धी समाचारको फलोअपसमेत गरेको छ ।     

राजधानीमा ‘संघ–प्रदेश सुरक्षा नीति बन्दै’ शीर्षकमा लेखिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षा नीति बनाउन गृहमन्त्रालय जुटेको समाचार साथै विजय चाम्लिङले लेखेको ‘स्थानीय तह कानुन, मुद्दा छिन्न बाटो खुल्यो’ शीर्षकमा लेखिएको एक अर्को समाचार पनि महत्त्वका साथ अग्रपृष्ठमै प्रकाशित छन् ।

गोरखापत्रले ‘नयाँ शक्तिसँग चुनावी तालमेल हुँदैन’ शीर्षकमा नरेन्द्र ढकालले लेखेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रतिक्रिया समेटिएको समाचार मुख्य छ भने सुरेशकुमार यादवले लेखेको ‘प्रदेश २ मा मतगणना जारी, प्रमुख दलबीच प्रतिस्पर्धा’ शीर्षक समाचार पनि महत्त्वका साथ लेखिएको छ । 
‘प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी’ शीर्षकमा नागरिक दैनिकमा अर्को समाचार प्रकाशित छ ।


तस्बिर समीक्षा
 

राजधानीमा सिरहाको कर्जन्हा नगरपालिका र धनुषाको हंसपुर नगरपालिकामा नवनिर्वाचित पदाधिकारीको तस्बिर छ ।  कान्तिपुरमा धनुषाको हंसपुर नगरपालिकाका विजयी मेयर रामज्ञान मण्डललाई स्थानीय जनताले गोडा धोएर स्वागत गर्दै गरेको तस्बिर छ ।

गोरखापत्रमा उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले असंलग्न आन्दोलनका सदस्यराष्ट्रहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार न्यूयोर्कमा सम्बोधन गर्दाको तस्बिर मुख्य छ ।


सम्पादकीय

नयाँ पत्रिकामा ‘दलहरूको यो कर्तुत’ शीर्षक सम्पादकीय छ । सम्पादकीयमा जम्मा २९ दिन पदावधि बाँकी रहँदा सांसदहरूले निर्वाचनलाई सोझै प्रभाव पार्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट पचास लाख र संसदीय क्षेत्र विकास कोषबाट तीन करोड गरी तीन करोड पचास लाख रुपैयाँ राज्यकोषबाट आफ्नो निर्वाचन क्षेत्रमा राजनीतिक प्रभाव विस्तारका लागि खर्च गर्न सहमत हुनुलाई स्थानीय सरकारको अवधारणाविरुद्ध भएको टिप्पणी गरिएको छ ।

राजधानीमा सामाजिक अभियानमार्फत गरिब र उपेक्षित समुदायको भलाइमा लागेका धुर्मुस सुन्तलीको कार्यको प्रशंसा गर्दै ‘धुर्मुस–सुन्तलीबाट सिकौं’ शीर्षक सम्पादकीय लेखिएको छ ।

कान्तिपुरमा सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षा ऐन आठौं संशोधन भएको एक वर्षमै त्यही प्रयोजनका लागि नवौं संशोधन गरिन लागेको घटनालाई बालबालिकाको भविष्यमाथिको खेलबाडका रूपमा लिँदै ‘बालबालिकाको भविष्यमा खेलबाड’ शीर्षक सम्पादकीय लेखिएको छ ।

अन्नपूर्ण पोस्टमा लेखिएको ‘प्रशंसायोग्य फैसला’ शीर्षक सम्पादकीयमा नेपालको घरेलु राजनीतिमा आवश्यकताभन्दा बढी चासो राख्दै आएको भारतीय राजदूतावासलाई सचेत गराउने गरी भएको फैसलाको प्रशंसा छ ।   गोरखापत्रमा ‘अझै कडा होस् बजार अनुगमन’ शीर्षक सम्पादकीय लेखिएको छ ।  
‘प्रतिवद्धताविपरीतको शिक्षा ऐन’ शीर्षकमा नागरिक दैनिकमा सम्पादकीय छापिएको छ ।

सम्पादकीयमा भनिएको छ–यसरी तयार पारेको संशोधन प्रस्तावलाई संसद्ले अनुमोदन गरेपछि मात्रै यसलाई सच्याउन सकिन्छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC